जो यसै वर्ष आमा बन्दैछन् « Khabarhub

जो यसै वर्ष आमा बन्दैछन्


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् २०२१ का केही महिना बलिउडका लागि विशेष रह्यो । यही वर्ष अभिनेता सैफ अली खान र करीना कपूर खानदेखि क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा आमाबाबु बन्दा केही सेलिब्रेटीहरु भने आमाबाबुको अनुभव संगाल्ने अन्तिम तयारीमा छन् ।

एबीपी लाइभले यसै वर्ष आमाबाबु बन्ने तयारीमा रहेका केही सेलिब्रेटीहरु बारेमा समाचार तयार पारेको छ ।

अभिनेत्री लिसा हेडेन यो वर्ष तेस्रो सन्तानलाई जन्म दिँदैछिन् । उनले आफ्नो इन्स्टाग्राम एकाउण्टमार्फत यो कुराको जानकारी दिएकी छन् । उनले एक भिडियो पोस्ट गर्दै ‘कमिङ दिस जून’ लेखेकी छन् ।

भिडियो पोस्टमा लिसाका छोरा ज्याक पनि देखिएका छन् । उनले आफ्नो घरमा बहिनी आउन लागेको बताएका छन् ।

बलिउडकी गायिका श्रेया घोषाल पनि आमा बन्ने तयारीमा छिन् । श्रेयाले आफ्नो इन्स्टा एकाउण्टका माध्यमबाट फ्यानलाई आफू आमा बन्ने तयारीमा रहेको जानकारी दिएकी छन् ।

उनले एक तस्वीरमा आफ्नो बेबी बम्प देखाएकी छन् र त्यसमा ‘बेबी श्रेयादित्य आउन लागेको छ’ भनी लेखेकी छन् ।

श्रेयाले यो नाम आफ्नो र पति शिलादित्य मुखोपाध्यायको नाम जोडेर बनाएकी हुन् ।

पाश्र्व गायिका तथा संगीतकार नीति मोहनले सामाजिक सञ्जालका माध्यमबाट आफू आमा बन्न लागेको जानकारी दिएकी छन् । उनले आफ्नो पोस्टमा ‘१+१=३’ लेखेकी छन् ।

नीति र निहार पण्डयाको यो पहिलो सन्तान हुनेछ ।

टेलिभिजन कलाकार तथा मोडल किश्वर मर्चेन्ट र सुयश पनि यसै वर्ष अभिभावक बन्दैछन् । किश्वरले सामाजिक सञ्जालको माध्यमबाट यो जानकारी दिएकी हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ९ : ३० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी