जो यसै वर्ष आमा बन्दैछन् « Khabarhub

जो यसै वर्ष आमा बन्दैछन्


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् २०२१ का केही महिना बलिउडका लागि विशेष रह्यो । यही वर्ष अभिनेता सैफ अली खान र करीना कपूर खानदेखि क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा आमाबाबु बन्दा केही सेलिब्रेटीहरु भने आमाबाबुको अनुभव संगाल्ने अन्तिम तयारीमा छन् ।

एबीपी लाइभले यसै वर्ष आमाबाबु बन्ने तयारीमा रहेका केही सेलिब्रेटीहरु बारेमा समाचार तयार पारेको छ ।

अभिनेत्री लिसा हेडेन यो वर्ष तेस्रो सन्तानलाई जन्म दिँदैछिन् । उनले आफ्नो इन्स्टाग्राम एकाउण्टमार्फत यो कुराको जानकारी दिएकी छन् । उनले एक भिडियो पोस्ट गर्दै ‘कमिङ दिस जून’ लेखेकी छन् ।

भिडियो पोस्टमा लिसाका छोरा ज्याक पनि देखिएका छन् । उनले आफ्नो घरमा बहिनी आउन लागेको बताएका छन् ।

बलिउडकी गायिका श्रेया घोषाल पनि आमा बन्ने तयारीमा छिन् । श्रेयाले आफ्नो इन्स्टा एकाउण्टका माध्यमबाट फ्यानलाई आफू आमा बन्ने तयारीमा रहेको जानकारी दिएकी छन् ।

उनले एक तस्वीरमा आफ्नो बेबी बम्प देखाएकी छन् र त्यसमा ‘बेबी श्रेयादित्य आउन लागेको छ’ भनी लेखेकी छन् ।

श्रेयाले यो नाम आफ्नो र पति शिलादित्य मुखोपाध्यायको नाम जोडेर बनाएकी हुन् ।

पाश्र्व गायिका तथा संगीतकार नीति मोहनले सामाजिक सञ्जालका माध्यमबाट आफू आमा बन्न लागेको जानकारी दिएकी छन् । उनले आफ्नो पोस्टमा ‘१+१=३’ लेखेकी छन् ।

नीति र निहार पण्डयाको यो पहिलो सन्तान हुनेछ ।

टेलिभिजन कलाकार तथा मोडल किश्वर मर्चेन्ट र सुयश पनि यसै वर्ष अभिभावक बन्दैछन् । किश्वरले सामाजिक सञ्जालको माध्यमबाट यो जानकारी दिएकी हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ९ : ३० बजे

आज विश्व मुख स्वास्थ्य दिवस : मुख र दाँतको स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूको सुझाव

काठमाडौं–  ‘स्वस्थ मुख, सुखी जीवन’ नाराका साथ आज विश्व मुख

क्यान्‍सर घटाउन कसरी गर्ने मुखको हेरचाह ?

हरेक वर्ष मार्च २० मा मनाइने ‘विश्व मुख स्वास्थ्य दिवस’

लागूऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित विभिन्न स्थानबाट २६

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म