विवाह अघि नै बच्चा जन्माउने परम्परा ! « Khabarhub

विवाह अघि नै बच्चा जन्माउने परम्परा !


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

नेपाली समाजमा विवाहपूर्व सन्तान जन्माउनु राम्रो मानिदैन । यसरी सन्तान जन्माउनुलाई सामाजिक रुपमा बदनामीको उपमा दिइन्छ । तर विश्वमा एउटा यस्तो स्थान पनि छ जहाँ विवाहपूर्व सन्तान जन्माउने परम्परा छ । र यसो गर्नुलाई शुभ मानिन्छ ।

विवाहपूर्व सन्तान जन्माउने परम्परा अन्य कुनै देशमा नभएर हाम्रै छिमेकी मुलुक भारतको राजस्थानको सिरोहि र पालीमा रहेको छ । यहाँ विहे अघि सन्तान जन्माउनु वैध छ । साथै विहे अघि नै जन्मिएका बच्चालाई शुभ मानिन्छ । यतिमात्र होइन, बिहे अघि बच्चा जन्माउन नसके यसलाई अपशकुन मानिन्छ ।

राजस्थानको उदयपुरस्थित सिरोही र पालीमा रहने गरासिया जनजातिमा यो परम्परा १ हजार बर्षअघि बाट चलि आएको छ । यो परम्परा हालैको केहि बर्ष यता विश्वमा देखिएको लिव इन रिलेशनशिपको प्राचिन स्वरुप रहेको छ । जहाँ गरासियाका जनजातिका उमेर पुगेका केटा केटीले स्वेच्छाले लिव इन रिलेशनशिपमा रहने र बच्चा जन्मिएपछि मात्र एकअर्कासंग विवाह गर्ने परम्परा छ ।

गरासिया जनजातिमा २ दिनको विवाहको विशेष मेला लाग्दछ । यस मेलामा केटा केटीले  एक अर्कालाई मन पराउने र बिना विवाह एक साथ रहन थाल्दछन् । यसका साथै बच्चा जन्मिएपछि मात्र इच्छानुसार विवाह गर्दछन् । यो जनजातीमा जीवनसाथी चुन्न केटा र केटी दुबै स्वतन्त्र हुन्छन् ।

गरासिया जनजातिका मान्यता अनुसार, कैयौं बर्ष पहिले जनजातिका चार भाइ अन्यत्र गएर बसे । जहाँ ३ जनाले विवाह गरे र एकजना मात्र विवाह बिना लिव इनमा बसे । तर केवल लिव इनमा बसेकाबाट मात्र सन्तान भयो अरुबाट भएन । त्यसैले सोहि समयबाट यहाँ विवाहपूर्व सन्तान जन्माउने परम्परा रह्यो । यो परम्परालाई स्थानीय ’दापा प्रथा’ भन्दछन् ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ४ : १० बजे

ह्वाइट हाउस डिनरमा गोली चल्यो : ट्रम्पलाई आकस्मिक बाहिर निकालियो, ‘सुटर’ पक्राउ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी ‘ह्वाइट हाउस डिनर’

आज अन्तर्राष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस, चालीस वर्षपछि पनि असर कायम

काठमाडौँ– आज अन्तर्राष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवस हो । संयुक्त

टावर मर्मतपछि खार्पुनाथ र सर्केगाडमा पुनः इन्टरनेट सेवा

हुम्ला– वैशाख लागेसँगै बिग्रिएको फोरजी टावर मर्मतपछि सञ्चालनमा आएको छ

खुला नाकाबाट सोझै वीरगन्ज भित्रिन्छ भारतीय तरकारी

वीरगन्ज– सीमावर्ती भारतीय बजार रक्सौलबाट लुकीछिपी वीरगन्जमा क्वारेन्टिन जाँच नगरिएका

तराईमा तातो लहर, केही क्षेत्रमा चट्याङसहित वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल