सार्वजनिक जग्गा संरक्षणमा जुटे युवा « Khabarhub

सार्वजनिक जग्गा संरक्षणमा जुटे युवा


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – खेतीयोग्य जमीनमा धमाधम प्लटिङ गर्ने र सार्वजनिक जग्गालाई पनि त्यहीँभित्र पारेर मास्न थालेपछि गोकर्णेश्वर नगरपालिका –२ का युवा संरक्षणमा जुटेका छन् ।

नगरपालिकाको समेत सहयोग लिएर युवाले सार्वजनिक जग्गालाई तारबारले घेर्न थालेका हुन् । युवाले देउवाली चौर संरक्षण समिति गठन गरेर नगरपालिकाको २ नं वडा नयाँपाटीस्थित ढुङ्गेचौरको एक रोपनी छ आना जग्गा संरक्षण गरेका हुन् ।

नक्शामा नयाँपाटी–४ (क) कित्ता नं ६० मा एक रोपनी नौ आना जग्गा भए पनि वरिपरिबाट मिचेको पाइएको समितिका अध्यक्ष विकास श्रेष्ठले जानकारी दिए । सार्वजनिक जग्गा संरक्षण गर्दा सडकका लागि नौ फिट जग्गा छाडिएको समितिले जनाएको छ । तारबार लगाएर सार्वजनिक जग्गा संरक्षण गर्न नगरपालिकाले रु दुई लाख ५५ हजार ३०८ सहयोग गरेको छ ।

खेतीयोग्य जमीन भएको राजधानीका काठ क्षेत्रमा त्यसलाई मासेर फाँटको बीचमा प्लटिङ गरिए पनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । वडा अध्यक्ष कृष्णबहादुर पण्डित प्लटिङको स्वीकृति नगरपालिकाले दिने गरेको बताउँछन् ।

नगरपालिकाले कित्ताकाट गर्न स्वीकृति नदिई एकमुष्ट जग्गाको अनुमति दिने गरे पनि व्यवसायीले मालपोत र नापीमा कसरी मिलाएर कित्ताकाट गरेका छन् भन्ने थाहा नभएको उनको भनाइ छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  १० : ०१ बजे

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई