प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा झण्टै २ घण्टा भेटवार्ता « Khabarhub

प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा झण्टै २ घण्टा भेटवार्ता


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रतिनिधिसभा पुन: स्थापनापछि प्रधानमन्त्री ओली र सभामुख सापकोटाकाबीच पहिलो पटक भेट भएको हो । यसअघि सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेट गर्नका लागि पहल गरिरहेको तर समय नमिलेको बताएका थिए ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, ‘आजको भेटका क्रममा संसदलाई प्रभावकारी बढाउने विषयमा र संसदमा रहेको विधेयकका विषयमा छलफल भएको हो ।’

न्यौपानेका अनुसार आज बिहान ११ बजे प्रधानमन्त्रीसँग छलफलका लागि सभामुख सापकोटा बालुवाटार पुगेका थिए ।

झण्डै २ घण्टा बढी छलफल भएको जनाइएको छ ।

कार्यपालिका र व्यवस्थापिका प्रमुखका बीचमा लामो समय छलफल नभएको अवस्थामा आज भएको छलफलले सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा लिइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ३ : ५६ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ