प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा झण्टै २ घण्टा भेटवार्ता « Khabarhub

प्रधानमन्त्री र सभामुखबीच बालुवाटारमा झण्टै २ घण्टा भेटवार्ता


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रतिनिधिसभा पुन: स्थापनापछि प्रधानमन्त्री ओली र सभामुख सापकोटाकाबीच पहिलो पटक भेट भएको हो । यसअघि सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेट गर्नका लागि पहल गरिरहेको तर समय नमिलेको बताएका थिए ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, ‘आजको भेटका क्रममा संसदलाई प्रभावकारी बढाउने विषयमा र संसदमा रहेको विधेयकका विषयमा छलफल भएको हो ।’

न्यौपानेका अनुसार आज बिहान ११ बजे प्रधानमन्त्रीसँग छलफलका लागि सभामुख सापकोटा बालुवाटार पुगेका थिए ।

झण्डै २ घण्टा बढी छलफल भएको जनाइएको छ ।

कार्यपालिका र व्यवस्थापिका प्रमुखका बीचमा लामो समय छलफल नभएको अवस्थामा आज भएको छलफलले सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा लिइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ३ : ५६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको