म्यानमारमा सैन्य दमनको कांग्रेसद्वारा निन्दा « Khabarhub

म्यानमारमा सैन्य दमनको कांग्रेसद्वारा निन्दा


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानमारमा भइरहेको सैन्य दमनको नेपाली कांग्रेसले निन्दा गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय म्यानमारमा भइरहेको सैनिक दमन अत्यन्तै अमानवीय र निन्दनीय भएको बताएका हुन् ।

जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकी लगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनःस्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीव्र दबाब बढाउन आवश्यक देखिएको जारी विज्ञप्तिमा भनिएको छ ।

विश्वभर जहाँपनि हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र एक्यबद्धता जनाउने नीति कांग्रेसले लिँदै आएको र म्यानमारको पछिल्लो ‘कु’ लगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटनाक्रमलाई निरन्तर नियालीरहेको कांग्रेसका प्रवक्ता शर्माले जनाएका छन् ।

सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न आवश्यक भएको उनले बताएका छन् ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ५ : १८ बजे

सूर्यविनायक नगरपालिकाद्वारा दैवी प्रकोप उद्धार कोषमा ५५ लाख ५५ हजार

भक्तपुर– सूर्यविनायक नगरपालिकाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः

भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि आठ हजार बढीको उद्दार गरिएको छ

ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

मोरङ– मिक्लाजुङ गाउँपालिका–१ सुके–जौवारी सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

रसुवामा खाद्यसामग्री वितरण सुरु

रसुवा– सरकारले आजदेखि हेलिकप्टरमार्फत बाढी प्रभावित रसुवावासीलाई दाल, चामल, नुन तेललगायतका

तोलामा ९ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं- साताको पहिलो कारोबार दिन अर्थात् आइतबार स्थानीय बजारमा सुनको