म्यानमारमा सैन्य दमनको कांग्रेसद्वारा निन्दा | Khabarhub Khabarhub

म्यानमारमा सैन्य दमनको कांग्रेसद्वारा निन्दा


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्यानमारमा भइरहेको सैन्य दमनको नेपाली कांग्रेसले निन्दा गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै पछिल्लो समय म्यानमारमा भइरहेको सैनिक दमन अत्यन्तै अमानवीय र निन्दनीय भएको बताएका हुन् ।

जनतामाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ साङ सुकी लगायत सबैलाई रिहाइ गर्न र लोकतन्त्र पुनःस्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीव्र दबाब बढाउन आवश्यक देखिएको जारी विज्ञप्तिमा भनिएको छ ।

विश्वभर जहाँपनि हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र एक्यबद्धता जनाउने नीति कांग्रेसले लिँदै आएको र म्यानमारको पछिल्लो ‘कु’ लगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटनाक्रमलाई निरन्तर नियालीरहेको कांग्रेसका प्रवक्ता शर्माले जनाएका छन् ।

सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न आवश्यक भएको उनले बताएका छन् ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ५ : १८ बजे

नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिज ‘ए’ का कप्तान आउट

काठमाडौं– वेस्ट इन्डिज ए विरुद्ध नेपालले तेस्रो सफलता हासिल गरेको

चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने 

काठमाडौं– चीनले नेपाली नागरिकसँग भिसा शुल्क नलिने घोषणा गरेको छ

लगानी सम्मेलनमा प्रधानमन्त्रीले भने : नेपाल लगानीका लागि प्रिमियम गन्तव्य

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि उपयुक्त गन्तव्य भएको

जसपाको कार्यबाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय

पर्सामा सात सय ३९ घरेलु उद्योग थपिए

वीरगञ्ज– जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा  रु ८६ करोड