ब्राजिलमा कोरोनाले एकै दिन तीन हजार बढीको मृत्यु « Khabarhub

ब्राजिलमा कोरोनाले एकै दिन तीन हजार बढीको मृत्यु


१५ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियो दी जेनेरियो (सिन्ह्वा)– ब्राजिलमा शनिबार मात्र कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजारभन्दा बढीको मृत्यु भएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार मात्र यहाँका ३ हजार ४३८ जना नागरिकको कोभिडको सङ्क्रमणबाट नै ज्यान गएको छ ।

ब्राजिलमा कोरोना महामारीका विरुद्धमा भएको तयारीस्वरुप पछिल्लो समयमा अस्पतालमा सेवा बढाइएको तथा खोपहरुको विस्तार गरिएको बताइए पनि मृत्यु हुनेको संख्या भने बढिरहेको छ ।

यहाँको स्वास्थ्य मन्त्रालयले शनिबार मात्र यति धेरै नागरिकको मृत्यु भएको जनाएको छ । योसँगै पछिल्लो समयमा ब्राजिलमा कोभिड १९ को सङ्क्रमण डरलाग्दो गरी बढेको पाइएको पनि सो मन्त्रालयले जनाएको हो ।

गएको शुक्रबार ३ हजार ६५० जनाको यो सङ्क्रमणबाट ज्यान गएको थियो । यो संख्या ब्राजिलमा कोभिड १९को महामारी शुरु भएको गत वर्षको फेब्रुअरी महिनापछिकै यो संख्या सबेभन्दा बढी हो ।
त्यसको दोस्रो दिन अर्थात् हिजो शनिबार पनि ठूलो संख्यामा यहाँका नागरिकको यो महामारीबाट ज्यान गएको बताइएको छ ।

ब्राजिल कोरोना भाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेको छ । यहाँ अहिलेसम्म ३ लाख १० हजार ५५० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना भाइरसको सङ्क्रमणको कारण सबै भन्दा बढी अमेरिकामा मृत्यु भएको छ । त्यसपछि दोस्रो क्षति ब्राजिलमा नै पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

त्यस्तै शनिबार एकै दिनमा ब्राजिलमा थप करिब ८६ हजार नागरिक कोरोना भाइरस सङ्क्रमित देखिएका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमण हुनेको संख्या १ करोड २४ लाख ९० हजार नाघेको पनि बताइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७७, आइतबार  ९ : ०१ बजे

तापक्रम ३० डिग्री नाघ्दा वन्यजन्तुमा गम्भीर स्वास्थ्य संकट

सिड्नी – अष्ट्रेलियामा गरिएको नयाँ अध्ययनले सामान्यभन्दा थोरै तापक्रम बढ्दा

गौरीघाटबाट पक्राउ परे नक्कली प्रहरी

काठमाडौं – प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने

आयोगको प्रतिवेदनपछि रक्षा बमले भनिन् : आन्दोलनलाई अपराधीकरण गर्ने काम बन्द गरियाेस्

काठमाडौं – जेन–जी अभियन्ता रक्षा बमले राष्ट्रिय मानव अधिकार आयोगको

पोखराको फिर्केखोलाको खोलाघरका १०५ अतिक्रमित संरचना भत्काइयो

कास्की – पोखराको मध्यभाग भएर बग्ने फिर्के खोलाको अतिक्रमण हटाउन

एलिमिनेटरमा राजस्थानले हैदराबादलाई दियो २४४ रनको लक्ष्य

मुल्लांपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत एलिमिनेटर खेलमा राजस्थान