मानिसलाई डसेपछि किन मर्छ मौरी ? « Khabarhub

मानिसलाई डसेपछि किन मर्छ मौरी ?


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंलाई मौरीले डसेको छ ? यदि डसेको छ भने थाहा होला मौरीले डसेपछि कति धेरै पीडा हुन्छ भनेर । मौरीले टोक्दा यसको खील हाम्रो शरीरमा गाडिन्छ र हामीलाई अति पीडा हुन्छ । तर के तपाईंलाई थाहा छ, डसेपछि मौरीको पनि मृत्यु हुन्छ ?

हामीलाई डसेपछि मौरी पनि बाँच्दैन । अर्थात्, डसेपछि मौरी पनि मर्छ । तर किन ? के मौरीको जीवन त्यसको खीलमा हुन्छ ? यस बारे चर्चा गरौं ।

विश्वमा सयौं प्रजातीका मौरीहरु पाइन्छ । सबै मौरी डसेपछि मर्दैनन् । मह बनाउने मौरी मात्र डसेपसि मर्ने गर्दछ । मौरीको पेटको पुछारमा खील हुन्छ । त्यसलाई ढाकेका अन्य अंगहरु पनि हुन्छन् ।

मौरीको त्यै खील अत्यन्तै संवेदशिल हुन्छ । किनभने मौरीले त्यही खीलले शत्रुलाई आक्रमर्ण गर्ने गर्दछ । साथै त्यहि खीलले मौरीलाई अण्डा पार्न मद्दत पनि गर्दछ । जो काँडा जस्तै कडा हुन्छ ।

मौरीको खील तीनवटा टुक्रा मिलेर बनेको नली जस्तो हुन्छ । मौरीले डस्दा, यसको तीखो खील बाहिरतिर धकेलिन्छ । त्यसैबेला, मौरीको विष ग्रन्थीबाट खील गाडिएकै घाउमा विष पनि पर्छ । फलस्वरुप, डसेको दुखाइ र विषको पोलाइ दुवैले डसिएको मान्छेलाई पीडा हुन्छ । तर त्यो पीडा मौरीको खीलले भन्दा पनि त्यसको विषले गर्दा हुन्छ ।

मौरीले डसेको खील गाडिएपछि सजिलै निस्कँदैन । फलतः जसै मौरी डसेर उड्न खोज्छ, त्यसको खील र त्यो जोडिएको अंग मौरीको जीउबाट चुडिन्छ र मौरी तत्कालै मर्छ ।

यता मौरीको खील हातले निकाल्न खोज्नु हुँदैन । किनभने, हातले निकाल्न खोज्दा त्यहाँ चुँडिएर रहेको मौरीको विष ग्रन्थी निचोरिएर झनै घाउमा जान सक्छ । त्यसैले, नंग काट्ने औजार वा अन्य त्यस्तै कुनै औजारहरुको मद्दतले मात्र त्यसलाई हटाउनु पर्दछ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ९ : ५९ बजे

इरान टोली : राजनीति र खेलबीच दबाब

एजेन्सी– विश्वकपको मैदानमा प्रवेश गर्नुअघि नै राजनीतिक तनाव, भिसा विवाद

अनावश्यक रकम माग गरे तत्काल जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा

जापानको कमब्याक, डच टोलीको ‘लक’

काठमाडौं – कुनै बेला ‘टोटल फुटबल’ले विश्वभर तहल्का मच्चाएको नेदरल्यान्डसँग

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा