मानिसलाई डसेपछि किन मर्छ मौरी ? « Khabarhub

मानिसलाई डसेपछि किन मर्छ मौरी ?


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंलाई मौरीले डसेको छ ? यदि डसेको छ भने थाहा होला मौरीले डसेपछि कति धेरै पीडा हुन्छ भनेर । मौरीले टोक्दा यसको खील हाम्रो शरीरमा गाडिन्छ र हामीलाई अति पीडा हुन्छ । तर के तपाईंलाई थाहा छ, डसेपछि मौरीको पनि मृत्यु हुन्छ ?

हामीलाई डसेपछि मौरी पनि बाँच्दैन । अर्थात्, डसेपछि मौरी पनि मर्छ । तर किन ? के मौरीको जीवन त्यसको खीलमा हुन्छ ? यस बारे चर्चा गरौं ।

विश्वमा सयौं प्रजातीका मौरीहरु पाइन्छ । सबै मौरी डसेपछि मर्दैनन् । मह बनाउने मौरी मात्र डसेपसि मर्ने गर्दछ । मौरीको पेटको पुछारमा खील हुन्छ । त्यसलाई ढाकेका अन्य अंगहरु पनि हुन्छन् ।

मौरीको त्यै खील अत्यन्तै संवेदशिल हुन्छ । किनभने मौरीले त्यही खीलले शत्रुलाई आक्रमर्ण गर्ने गर्दछ । साथै त्यहि खीलले मौरीलाई अण्डा पार्न मद्दत पनि गर्दछ । जो काँडा जस्तै कडा हुन्छ ।

मौरीको खील तीनवटा टुक्रा मिलेर बनेको नली जस्तो हुन्छ । मौरीले डस्दा, यसको तीखो खील बाहिरतिर धकेलिन्छ । त्यसैबेला, मौरीको विष ग्रन्थीबाट खील गाडिएकै घाउमा विष पनि पर्छ । फलस्वरुप, डसेको दुखाइ र विषको पोलाइ दुवैले डसिएको मान्छेलाई पीडा हुन्छ । तर त्यो पीडा मौरीको खीलले भन्दा पनि त्यसको विषले गर्दा हुन्छ ।

मौरीले डसेको खील गाडिएपछि सजिलै निस्कँदैन । फलतः जसै मौरी डसेर उड्न खोज्छ, त्यसको खील र त्यो जोडिएको अंग मौरीको जीउबाट चुडिन्छ र मौरी तत्कालै मर्छ ।

यता मौरीको खील हातले निकाल्न खोज्नु हुँदैन । किनभने, हातले निकाल्न खोज्दा त्यहाँ चुँडिएर रहेको मौरीको विष ग्रन्थी निचोरिएर झनै घाउमा जान सक्छ । त्यसैले, नंग काट्ने औजार वा अन्य त्यस्तै कुनै औजारहरुको मद्दतले मात्र त्यसलाई हटाउनु पर्दछ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ९ : ५९ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल