भारतको आसाममा शक्तिशाली भूकम्प « Khabarhub

भारतको आसाममा शक्तिशाली भूकम्प


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली (एएफपी)- उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ ।

भूकम्पबाट केही भवनमा क्षति पुगेको भए पनि सर्वसाधारणको मृत्युका बारेमा कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले बताएका छन् ।

अमेरिकी भूगर्भ सर्भेका अनुसार आसाम र भूटानको सीमावर्ती पहाडी भागलाई केन्द्रविन्दु बनाएर ६.० म्याग्नीच्यूडको भूकम्प गएको छ । तर भूकम्पको धक्का र परकम्प सयौं किलोमिटर टाढासम्म अनुभव गरिएको थियो ।

भूकम्पको केन्द्रबाट करिब ४५ किलोमिटर टाढाको करिब एक लाख जनसंख्या रहेको तेजपुरमा निकै नराम्रोसँग हल्लाएको थियो । मानिसहरु त्रासका कारण सडकमा भेला भएका थिए भने केही घरमा क्षति पुगेको छ ।

आसामको राजधानी गुवाहाटी भूकम्पको केन्द्रबाट झण्डै १५० किलोमिटर टाढा भए पनि यहाँका घरहरुमा क्षति पुगेको छ ।  स्थानीयवासीले कम्तीमा दुई वटा ठूलै परकम्प महशुस गरिएको बताएका छन् ।

अमेरिकी भूगर्भ सर्भेले भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट २९ किलोमिटर मुनि रहेको जनाएको छ । यहाँको हिमाली क्षेत्रमा भूकम्प बारम्बार आउने गरेको छ ।

सन् १९५० मा आएको भूकम्पमा परेर आसाम र तिब्बतमा गरी झण्डै चार हजार ८०० व्यक्तिको ज्यान गएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १ : ०५ बजे

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ