चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय नाघ्यो « Khabarhub

चितवनमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय नाघ्यो


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-  चितवनमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या पाँच सय कटेको छ ।

जिल्लामा कोरोना भाइरसको सक्रिय सङ्क्रमितको सङ्ख्या ५७९ पुगेको छ । एकै दिन मङ्गलबार  १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

भरतपुर अस्पताल कोभिड– १९ परीक्षण प्रयोगशाला र चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा १६५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो जसमध्ये १२१ जना चितवनका मात्रै हुन् ।

थपिएका सङ्क्रमितमध्ये ९२ जना भरतपुरका छन् । भरतपुर अस्पतालको प्रयोगशालामा १० महिनादेखि ५६ वर्ष उमेर समूहका १६ पुरुष र ७ देखि ७६ वर्ष उमेर समूहका २६ महिला गरी ४२ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

उता चितवन मेडिकल कलेजको प्रयोगशालामा भरतपुरका ५० जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै, पूर्वी चितवनको रत्ननगरका २० जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा तीन तथा चितवन मेडिकल कलेजमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

खैरहनीका सात तथा राप्ती, कालिका र इच्छाकामना गाउँपालिकाका समान एक–एक जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  २ : ०५ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु