आपूर्ति प्रणाली सहज बनाउन उद्योग मन्त्रालयले बनायो र्‍यापिड रेस्पोन्स टोली | Khabarhub Khabarhub

आपूर्ति प्रणाली सहज बनाउन उद्योग मन्त्रालयले बनायो र्‍यापिड रेस्पोन्स टोली


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बिहीबारदेखि हुने निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले र्‍यापिड रेस्पोन्स टोली गठन गरेको छ ।

मन्त्रालयले स्वास्थ्य सुरक्षा, खाद्यपदार्थ तथा दैनिक उपभोग्य वस्तुहरु लगायतको ढुवानी र आपूर्तिमा सहजीकरण गर्न विभिन्न पाँचजना व्यक्तिलाई सम्पर्क अधिकारी तोकेको छ ।

मन्त्रालयले अन्तरमन्त्रालय तथा मन्त्रालयकै कर्मचारीहरुलाई समेटेर र्‍यापिड रेस्पोन्स टोली गठन गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन लागेको जनाएको छ ।

उक्त टोलीमा आपूर्ति व्यवस्थापनका लागि प्रेमकुमार श्रेष्ठ, स्थानीय प्रशासनको सहयोग तथा आवागमन सहजताका लागि जनकराज दाहाल, कृषिजन्य तथा पशुजन्य सामग्री आपूर्तिको विषयमा डा.श्रीराम घिमिरे, उत्पादनशील उद्योगका लागि नारायणप्रसाद दुवाडी र वैदेशिक व्यापारको हकमा डा. नारायणप्रसाद रेग्मी छन् ।

तोकिएका क्षेत्रका सेवाका लागि सम्बन्धित सम्पर्क व्यक्तिको मोबाइल नं तोकेर मन्त्रालयले सेवाग्राहीलाई आवश्यक पर्दा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  २ : ३५ बजे

युवा संघ नेपालका सह-संयोजक संजीव राई छ महिनाका लागि निलम्बन

काठमाडौं– युवा संघ नेपाल केन्द्रीय अनुशासन आयोगले सह–संयोजक संजीव राईलाई

सहरमा भन्दा गाउँमा बढ्यो महँगी

काठमाडौं– सहरमा भन्दा गाउँमा महँगी बढेको छ । गाउँमा एक वर्ष

गत वर्षमा विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क