एमाले प्रवेश गरेका राष्ट्रियसभा सदस्य खड्का सांसद पदबाट मुक्त | Khabarhub Khabarhub

एमाले प्रवेश गरेका राष्ट्रियसभा सदस्य खड्का सांसद पदबाट मुक्त


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य बनेका चन्द्रबहादुर खड्काको पद रिक्त भएको छ ।

माओवादी केन्द्रका तर्फबाट लुम्बिनिबाट राष्ट्रियसभा सदस्य बनेका खड्का एमाले प्रवेश गरेका कारण माओवादी केन्द्रले उनलाई कारबाही गर्ने निर्णय गरेको थियो ।

त्यही कारबाहीको सूचना संघीय संसद सचिवालयलाई माओवादी संसदीय दलका नेता दिनानाथ शर्माले गराएका थिए ।

नेता शर्माले कारबाही गरेको सूचना संसदलाइ जानकारी गराएपछि राष्ट्रियसभा सचिव राजेन्द्र फुयालले सूचना प्रकाशन गर्दै सदस्य खड्काको पद रिक्त भएको जानकारी गराएका हुन् ।

सभा सञ्चालन नभएका बेला सूचना प्रकाशन गर्नुपर्ने कानूनी व्यवस्थाअनुसार सचिव फुयालले सूचना प्रकाशन गरेका हुन् ।

No description available.

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  २ : ५९ बजे

सहरमा भन्दा गाउँमा बढ्यो महँगी

काठमाडौं– सहरमा भन्दा गाउँमा महँगी बढेको छ । गाउँमा एक वर्ष

गत वर्षमा विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क