खाद्यान्न जोहो गर्दै हिमाली वस्ती | Khabarhub Khabarhub

खाद्यान्न जोहो गर्दै हिमाली वस्ती


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको हिमाली वस्तीका समूदाय अहिले बर्षायामका लागि खाद्यान्न जोहो गर्नेतिर लागेका छन् ।

वर्खायाम शुरुभएसँगै बाढी पहिरो, खोला नाला साथै झरी वर्षा हुने भएकाले ताप्लेजुङको हिमाली वस्तीका समूदायका नागरिकले प्रत्येक वर्ष वैशाख महिनादेखि मङ्सिरसम्म पुग्ने खाद्यान्न जोहो गर्ने गरेको फक्ताङलुङ गाउँपालिका–७ घुन्साका स्थानीयबासी केल्शाङ शेर्पाले बताए ।

वर्खायाममा बाढी पहिरो साथै खोला नालाले बोटो बन्द गर्ने भएकाले आठ महिनासम्म पुग्ने प्रत्येक परिवारले खाद्यान्न भण्डारण गर्नुपरेको शेर्पाले बताए ।

विगतका वर्षमा टिप्ताला नाका हुँदै चीनदेखि खाद्यान्न ल्याउँने गरेको शेर्पाले बताए । यो वर्ष कोरोनाको कारणले नाका बन्द भएपछि महँगो ढुवानी गरेर ताप्लेजुङको सदरमुकाम फुङलिङबाट लानुपरेको शेर्पाले बताए ।

उनले भने, “नाका बन्द छ । त्यसैले सदरमुकामबाट सामान घन्सा पुर्‍याउँदा सामान किनेको भन्दा बढी ढुवानीमा खर्च गर्नु बाध्य भएको छौँ ।”

स्थानीय सरकार आएपछि गाउँ–गाउँमा सडक पुगेको छ । तर फक्ताङलुङ गाउँपालिका–६ घुन्सा, फले, ग्याप्ला, खम्बाजेन अम्जीलेसा र फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला र याङमाजस्त हिमाली तथा पर्यटकीय वस्तीमा यातायातको साधन पुग्न सकेको छैन ।

यी क्षेत्रका समूदायका नागरिकले यातायातको साधनको रुपमा खच्चड्, चौंरी र याक नै अहिलेसम्म भरपर्दो यातायातको रुपमा प्रयोग हुँदै आएको छ । एउटा याकले १०० केजीसम्म सामान ढुवानी गर्न सक्दछ भने खच्चड्ले ७० केजीसम्म सजिलै ढुवानी गर्दछ ।

विगतमा सदरमुकामदेखि ढुवानी गर्नु पर्दथ्यो भने अहिले सदरमुकाम फुङ्लिङदेखि २४ किलोमिटरसम्म गाडीले पुर्‍याउँदछ ।

लेलेपदेखि खच्चड्, चौँरी र याकमार्फत ढुवानी गरेर समुन्द्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थीत याङमासम्म खाद्यान्न सामग्री पुर्‍याउँदै आएको छ । वर्खाको समयमा बाढी पहिरोको जोखिम हुन्छ । बाढी पहिरोले बाटो नै बन्द गरिदिन्छ । बाटो बन्द भएपछि एक गाउँ–अर्को गाउँ आवत जावत नै बन्द हुने गर्दछ ।

त्यसैले हिमाली वस्तीमा समयमै खाद्यान्नको जोहो गर्नुपरेको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोला निवासी तेन्जीङ शेर्पाले बताए । वैशाख महिनादेखि कात्तिक र मङ्सिरसम्म पुग्ने चामल, नुन, तेल, दाल, मैदा अन्य आवश्यक सामग्री जोहो गर्ने गरेको शेर्पाले बताए ।

समुन्द्र सतहदेखि तीन हजार २०० मिटर उचाइमा अवस्थीत ओलाङचुङगोलामा ६५ घर परिवार शेर्पा समूदाय बसोबास गर्दै आएको छन् । समुन्द्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थीत याङमा ११ घर परिवार बसोबास गर्दै आएका छन् ।

समुन्द्र सतहदेखि तीन हजार ५०० मिटर उच्चाइमा अवस्थीत घुन्सा क्षेत्रमा ७३ घर परिवार बसोबास गर्दै आएका छन् । यी क्षेत्रका समूदायले प्रत्येक घर परिवारले वर्खायामको समयमा खाद्यान्न जोहो गर्दै आएको शेर्पाले बताए ।

वैशाख दोस्रो हप्तासम्ममा धेरै परिवारले खाद्यान्न भण्डारण गरिसकेको शेर्पाले बताए । वैशाखदेखि मङ्सिरसम्म नौ महिनासम्म खान पुग्ने गरी खाद्यान्न जोहो गर्नुपरेको शेपाले बताए ।

मिक्वाखोला गाउँपालिका–५ तोक्पेगोलामा १८ घर परिवार बसोबास गर्दै आएको स्थानीय बासी पासाङ शेर्पाले बताए । तर अहिले वस्तीमा केही नभएको शेर्पाले बताए । शेर्पाले भने “चीनको नाका बन्द छ । व्यापार छैन । हिउँ छल्न विभिन्न क्षेत्रमा गाएका अहिले तोक्पेकोला जाने तयारीमा छ ।”

तोक्पेगोला बस्नको लागि जाँदा छ महिनासम्म पुग्ने खाद्यान्न लिएर जानुपर्ने शेर्पाले बताए । तोक्पेगोला क्षेत्रमा यार्सागुम्बा सङ्कलन गर्नको लागि पनि जाने तयारी रहेको शेर्पाले बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ४ : १४ बजे

उपराष्ट्रपति यादव र भियतनामकी उपराष्ट्रपति सुआनबीच भेटवार्ता

काठमाडौं – उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति

हैजा प्रभावित वीरगन्ज क्षेत्रमा पानी परीक्षणको कार्य तीव्र, मन्त्री यादव स्वयम् परीक्षण स्थलमा

वीरगंज– गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगन्ज महानगरपालिकाको हैजा प्रभावित

२३ सयले बढ्यो सुनको मूल्य, चाँदीको कति ? 

काठमाडौं– आइतबार सुनको मूल्यमा उच्च वृद्धि भएको छ । नेपाल

पिपुल्स पावर हकप्रद शेयर लिलामी बिक्रीमा

काठमाडौं – पिपुल्स पावर लिमिटेडले हकप्रद शेयर लिलामी बिक्रीमा राखेको

माबिलुङ्ग इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं– माबिलुङ्ग इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको साधारण शेयर