मिडिया हाउसकै परिचयपत्रले सञ्चारकर्मी आवतजावत गर्न पाइने « Khabarhub

मिडिया हाउसकै परिचयपत्रले सञ्चारकर्मी आवतजावत गर्न पाइने


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बिहीबारदेखि काठमाडौँ उपत्यकामा लागू निषेधाज्ञामा सञ्चार प्रतिष्ठानबाट जारी परिचयपत्रका आधारमा समेत सञ्चारकर्मी र कर्मचारीलाई आवतजावत गर्न दिइने भएको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर, भीडभाड नहुने गरी समाचार संकलन गर्न समेत पत्रकारलाई आग्रह गरेको छ ।

सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकार एवं कर्मचारीलाई सम्बन्धित सञ्चारगृहको परिचयपत्रका आधारमा आवागमन गर्न पाउने व्यवस्था मिलाइएको काठमाडौँका प्रजिअ कालीप्रसाद पराजुलीले जानकारी दिए ।

यसअघि सूचना विभागद्वारा जारी गरिएको प्रेस पास अनिवार्य भनिएकोमा अब सञ्चारगृहकै परिचयपत्रका आधारमा सञ्चारकर्मीले समाचार संकलन र कार्यालय आवतजावत गर्न पाउनेछन् ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ४ : ०३ बजे

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ