नेपाल सुपर लिगमा पोखराको पहिलो जित | Khabarhub Khabarhub

नेपाल सुपर लिगमा पोखराको पहिलो जित


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिगमा पोखरा थन्डर्सले पहिलो जित हासिल गरेको छ ।

बुधबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा पोखराले विराटनगर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ८३ औँ मिनेटमा नवयुग श्रेष्ठले गरेको एक मात्र गोल निर्णायक बनेको थियो । उनले मोसा अब्बाको फ्रिकिकमा हेडमार्फत उत्कृष्ट गोल गरेका थिए । जितसँगै पोखराले २ खेलबाट ३ अंक जोडेको छ । उसले पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग २-० को पराजय बेहोरेको थियो । विराटनगरले पनि २ खेलबाट ३ अंक जोडेको छ । उसले पहिलो खेलमा धनगढी एफसीलाई ३-० ले हराएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १० : ३० बजे

चितवनमा बाघ र गैँडा मृत फेला

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश

आयोगले सुरु गर्‍यो जसपाका जनप्रतिनिधिको सनाखत

काठमाडौं- निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा

सुहाङले बुधबार बिहान सांसद पदको शपथ लिँदै

काठमाडौं- गत वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा

सुनिता विलियम्सको तेस्रो अन्तरिक्ष यात्रा स्थगित, यस्तो छ कारण

काठमाडौं– सुनिता विलियम्सको अन्तरिक्षमा तेस्रो मिसन प्रक्षेपण हुनु केही घण्टा