नेपाल सुपर लिगमा पोखराको पहिलो जित « Khabarhub

नेपाल सुपर लिगमा पोखराको पहिलो जित


१५ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिगमा पोखरा थन्डर्सले पहिलो जित हासिल गरेको छ ।

बुधबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको खेलमा पोखराले विराटनगर सिटी एफसीलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको ८३ औँ मिनेटमा नवयुग श्रेष्ठले गरेको एक मात्र गोल निर्णायक बनेको थियो । उनले मोसा अब्बाको फ्रिकिकमा हेडमार्फत उत्कृष्ट गोल गरेका थिए । जितसँगै पोखराले २ खेलबाट ३ अंक जोडेको छ । उसले पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग २-० को पराजय बेहोरेको थियो । विराटनगरले पनि २ खेलबाट ३ अंक जोडेको छ । उसले पहिलो खेलमा धनगढी एफसीलाई ३-० ले हराएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  १० : ३० बजे

भोटेकोशी नदीमा अर्को बाढीको उच्च जोखिम, तटीय र किनार क्षेत्र छाड्न आग्रह

काठमाडौं- भोटेकोशी नदीमा अर्को ठूलो सम्भावित बाढीको जोखिम बढेपछि तल्लो

कार्टुन :

काठमाडौं– देशमा बाढीको भयावह अवस्था छ । सामाजिक सञ्जालमा हेर्दा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रुअरीले जम्मा गर्यो १० करोड

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गोर्खा ब्रअरीले १० करोड

विमानस्थल बाहिर आफन्तको आश

काठमाडौं– रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरूलाई नेपाली सेना