कतारमा कोरोना संक्रमण घट्दै, आजदेखि रेस्टुरेन्ट पनि खुल्ने | Khabarhub Khabarhub

कतारमा कोरोना संक्रमण घट्दै, आजदेखि रेस्टुरेन्ट पनि खुल्ने



दोहा : रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा कोरोना संक्रमण घट्दै गएपछि कतार सरकारले विभिन्न क्षेत्रमा लगाएको प्रतिवन्धलाई आजबाट क्रमश: हटाउँदै लैजाने भएको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पहिलो चरणमा कोरोनाको दुवै खोप (भ्याक्सिन) लगाएका व्यक्तिलाई केही खुल्ला गरेको जनाएको छ ।

मन्त्रिपरिषद्को निर्णय अनुसार रेस्टुरेन्टमा भित्र र बाहिर गरी ३० प्रतिशत क्षमतामा सञ्चालन गर्न पाइने, यसैगरी हेल्थ क्लब, फिटनेस सेन्टर, स्पा, पार्लर, सैलुन, सिनेमा लगायतमा कोरोना खोप दुवै डोज लगाएकाले प्रवेश पाउने जनाएको छ ।

पुस्तकालय तथा ड्राइभिङ स्कुलहरू ३० प्रतिशत क्षमतामा खोली सञ्चालन गर्न पाइनेछ । साथै व्यक्तिगत डुङ्गामा १५ जनासम्म चढ्न पाइने छ भने, खुला क्षेत्रमा १० जनासम्म भेला हुन् पाउने छन् ।

पछिल्लो २४ घण्टामा थप २८६ जना नयाँ संक्रमित थपिएका छन्। योसंगै कतारमा कोरोना सङ्क्रमितको संख्या २ लाख १६ हजार ६८३ पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामै थप १५२ जना संक्रमण मुक्त भएका छन् । योसँगै कतारमा कोरोनाबाट निको हुनेको सङ्ख्या २ लाख १२ हजार ४८ पुगेको छ भने संक्रमणबाट अहिलेसम्म ५५२ जानको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

अहिले कतारमा ४ हजार ८३ वटा ‘एक्टिभ’ केस रहेका छन् भने २३६ जना यहाँको विभिन्न अस्पतालहरुमा उपचार गराईरहेका छन् । तीमध्ये १४७ जनाको आईसीयूमा उपचार भैरहेको छ । कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । अहिलेसम्म कोरोनाबाट कतारमा २४ नेपाली श्रमिकले ज्यान यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।

यो समाचार तयार पार्दासम्म २४ लाख ४० हजार ९३० जनाले कोरोना बिरुद्धको खोप लगाईसकेको मन्त्रालयले जनाएको छ । कतारी नागरिक सहित आप्रवासी श्रमिकहरुलाई पनि निशुल्क रुपमा खोप दिइरहेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १० : ०५ बजे

तिहारमा पनि रोकिएन नर्सहरुको आन्दोलन, संघ भन्छ- समाधान नभएसम्म पछि हटिँदैन

काठमाडौं- सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक र सेवा सुविधा लागू

प्रधानमन्त्रीले भनिन्- सरकार जेन-जी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेन-जी आन्दोलनको मर्मभन्दा बाहिर

दीपक खड्काबारे गृहमन्त्रीको टिप्पणी : लुक्न नसकेपछि भागेर गएकाहरू ‘नेपालमै छु’ भनेर देखा पर्न थाले

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले विदेशतिर लुक्न भागेकाहरू पनि ‘नेपालमै छु’

लागूऔषधसहित तीन जना पक्राउ

सिरहा– बरियारपट्टि गाउँपालिका–३ दक्षिणी सीमावर्ती क्षेत्रबाट प्रतिबन्धित लागूऔषधसहित तीन जना

इरान र भारतसँग मैत्रीपूर्ण खेल खेल्न जाने नेपाली महिला टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं– इरान र भारतसँग त्रिदेशीय अन्तर्राष्ट्रिय महिला मैत्रीपूर्ण खेलका लागि