काठमाडौँमा कोरोना संक्रमण दर घट्यो « Khabarhub

काठमाडौँमा कोरोना संक्रमण दर घट्यो


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरमा कोरोना संक्रमण दर क्रमश: घट्दो क्रममा गएको महानगरले जनाएको छ ।

अघिल्लो साता परीक्षण गरिएकामध्ये ७० प्रतिशतमाा संक्रमण पुष्टि भएकामा अहिले ५ प्रतिशत घटेर ६५ मा आएको महानगरले जनाएको छ।

विगत सातामा अत्यधिक कोरोना संक्रमित बढेपछि महानगरले गत शनिबादेखि स्वाब संकलनका लागि ५ वटा केन्द्र विस्तार गरी हरेक दिन १६ वटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ ।

अहिले महानगरका ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको छ । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरूप टोली तयारी अवस्थामा छ ।

परीक्षणका क्रममा बढी समस्या भएका बिरामीलाई एम्बुलेन्समा अस्पतालसम्म लैजाउन र ल्याउने व्यवस्थासम्म महानगरले नै गर्दै आएको छ । यसका लागि नागरिकले पैसा तिर्नुपर्दैन । महानगरले पोजेटिभ भएका बिरामी बोक्न एम्बुलेन्ससँग ३ साताअघि सम्झौता गरेअनुसार हाल ७ स्थानबाट नागरिकले सेवा प्राप्त गर्न सक्नेछन् ।

हालसम्म महानगरमा ५९ हजार ४४५ कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये ४७ हजार ९९७ निको भएका छन् । हाल ११ हजार ४३ सक्रिय संक्रमित छन् । सबैभन्दा बढी वडा नम्बर ३२ मा पाँच हजार ५४१, वडा नम्बर १६ मा ५ हजार ३५२ छन् भने सबैभन्दा कम वडा नम्बर १८ मा २५२ जनामा कोरोना पुष्टि भएको छ । संक्रमणकै कारण हालसम्म ४०५ जनाले ज्यान गुमाएका छन् ।

महानगरमा हाल रहेका संक्रमितमध्ये १० हजार ३६८ होम आइसोलेसनमा छन् भने १२८ जना संस्थागत आइसोलेसनमा र ५४६ ले अस्पतालमा उपचार गराइरहेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १ : २७ बजे

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक

अर्घाखाँचीका वनक्षेत्रमा रिचार्ज पोखरी निर्माण

अर्घाखाँची– पाणिनी गाउँपालिका-४ स्थित गहुँखर्क वनक्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण

मानसिक स्वास्थ्यबारे देशव्यापी अभियान चलाइने

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक

कीर्तिपुरबाट खरिपाटी लगिएका सुकुम्वासी फकाउन मन्त्रीहरूको लर्को

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँका