तोडफोड भएको भेन्टिलेटर बनेन् | Khabarhub Khabarhub

तोडफोड भएको भेन्टिलेटर बनेन्

पाँच लाख धरौटीमा छुटे तोडफोड गर्ने अभियुक्त


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुधाम– प्रादेशिक अस्पताल जनकपुरधाममा कोरोना संक्रमितको उपचारमा चिकित्सकले लापरवाही गरेको भन्दै तोडफोड भएको भेन्टिलेटर अझै बनेको छैन ।

भेन्टिलेर अभावमा बिरामीहरु छट्पटाईहेको बेला सम्बन्धित निकायको वेवास्ताका कारण भेन्टिलेटर मर्मत हुन सकेको छैन ।

गएको बैशाख २८ गते महोत्तरीको जलेश्वर नगरपालिका ४ का ५५ वर्षीय शुखीचन महतोको उपचारमा चिकित्सकले लापरवाही गर्दा ज्यान गएको भन्दै उनको दुई छोराले भेन्टिलेटर तोडफोड गरेको थियो ।

अस्पतालका मेडिकल सुपरिडेन्ट डा. प्रमोदकुमार यादवले हाल सम्म तोडफोड भएको भेन्टिलेटर बन्न नसकेको जानकारी दिए । उनको अनुसार भेन्टिलेटरमा इटाले तोडफोड भएको हुनाले बन्ने सम्भावना कम छ । तर, कम्पनीलाई मर्मत गर्दिन पत्राचार गरेको र कम्पनीको तर्फबाट कुनै जवाफ नआएको उनको भनाइ छ ।

उपचारमा डाक्टरले लापरबाही गरेको भन्दै मृतक महतोका छोराद्वय ३४ वर्षीय मनोज महतो र २७ वर्षीय पप्पु महतोले दुई भेन्टिलेटरमा तोडफोड गरेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीहरुलाई हिरासतमा राखेर सामाजिक उपद्र तथा अभद्र व्यवहारमा मुद्दा चलाएको थियो ।

तीन दिन पहिले पाँच लाख धरौटीमा दुबैजना रिहा भएको धनुषाका प्रहरी उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिए । अदालतको फैसला गरे अनुसार प्रकृया अगाडी बढ्ने उनले बताए ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  २ : ०६ बजे

लाखौं रकम अपचलन भएका दोलखाका ३ सहकारीमा विशेष साधारणसभा आह्वान

दोलखा– लाखौँ रकम हिनामिना तथा अपचलन भएका दोलखाका तीनवटा सहकारीमा

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’

पाथीभरामा एक महिनाको भेटी ६९ लाखभन्दा बढी

ताप्लेजुङ– मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनाको अवधिमा ६९ लाख

किन कार्यान्वयन भएन ५ खर्बको लघुवित्त कोष ?

काठमाडौं- सरकारको नीति तथा कार्यक्रम कतिसम्म अस्थिर छ भन्ने तथ्य

आईपीएल : आज सनराइजर्स हैदरावाद र गुजरात खेल्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र