कास्की र नवलपुरमा फेरि थपियो निषेधाज्ञा | Khabarhub Khabarhub

कास्की र नवलपुरमा फेरि थपियो निषेधाज्ञा


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेशको कास्की जिल्ला र पूर्वी नवलपरासी जिल्लामा निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै दुवै जिल्लामा तेस्रो पटक निषेधाज्ञा थप गरिएको हो ।

दुवै जिल्लामा दोस्रो पटक थप गरी जेठ १४ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको थियो ।

नयाँ भेरिएन्टसहितको कोरोना संक्रमण झनै तीब्र रुपमा फैलिएको भन्दै निषेधाज्ञा थप गरिएको कास्की जिल्ला प्रशासनले जनाएको छ ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रको बिहीबारको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो । कास्कीमा वैशाख १५ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । शुक्रबारदेखि थप गरिएको निषेधाज्ञा केही कडाई गरिएको छ ।

अत्यावश्यक खाद्य सामग्री खरिद बिक्रीका लागि बिहान ९ बजेसम्म खुला रहने तथा खाद्यान्न, तरकारी, पानी, फलफूल, दूध लगायतका दैनिक उपभोग्य वस्तु वस्तु खरिदका लागि सवारी साधन प्रयोग गर्न नपाइने प्रशासनले जनाएको छ ।

विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न पनि पूर्ण रुपमा रोक लगाइएको छ ।

उद्योग तथा सार्वजनिक निर्माण काममा संलग्न कर्मचारी तथा श्रमिकलाई उद्योग परिसर वा निर्माणस्थल नजिकै खाना बस्नको प्रवन्ध गर्नुपर्ने आदेशमा भनिएको छ ।

यस्तै, पूर्वी नवलपरासी जिल्लामा पनि शुक्रबार राती १२ बजेदेखि आगामी जेठ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गरिएको छ ।

बिहीबार बसेको डिसिसिएमसीको बैठकले जेठ २४ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीले बताइन् ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  २ : ११ बजे

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’

आपराधिक गतिविधि र अवैध कारोबार नियन्त्रण गर्न प्रहरीको गस्ती

सङ्खुवासभा – दुर्गम उत्तरी क्षेत्र भोटखोलामा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले