विश्वकै ठूलो खगोल विज्ञान सम्मेलनमा नेपालबाट ३१ जना सहभागी « Khabarhub

विश्वकै ठूलो खगोल विज्ञान सम्मेलनमा नेपालबाट ३१ जना सहभागी


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वकै ठूलो खगोल विज्ञानको सम्मेलन भएको छ । खगोल विज्ञानसम्बन्धी जानकारी लिन चाहनेहरूको यो सम्मेलन मे २४ मा सुरू भएको हो । कम्युनिकेटिङ एस्ट्रोनोमी विथ पब्लिक (सिएपी) को नवौं कन्फरेन्स भर्चुअल माध्यमबाट भएको हो ।

कोरोनाभाइरसको महामारीलाई मध्यनजरमा राख्दै सम्मेलन पहिलो पटक भर्चुअल गरिएको हो । जसमा विश्वका ८४ देशका १२ सयभन्दा बढी सहभागी भएका छन् । त्यसमध्ये नेपालबाट मात्रै ३१ जना सहभागी भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

नेपालबाट सहभागी हुनेहरू १३ वर्षदेखि ५० वर्षभन्दा माथिका छन् । चार दिनको सम्मेलन विभिन्न समयमा भएको हो । यो सम्मेलन नेपाली समयअनुसार भोलि बिहान सकिँदैछ । यो सम्मेलन हरेक दुई वर्षमा हुन्छ ।

नेपालको तर्फबाट नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बुधबार आफ्नो प्रस्तुतीकरण दिएका थिए । उनले नेपालमा खगोल विज्ञानको पहुँचबारे प्रस्तुतीकरण दिएका हुन् ।

यो सम्मेलन विज्ञान र खगोल विज्ञानमा इच्छा हुने व्यक्तिहरूका लागि धेरै महत्वपूर्ण भएको अध्यक्ष भट्टराई बताउँछन् ।

‘मैले त्यहाँ हाम्रो मुख्य चुनौतीबारेमा बोलें । हाम्रो मुख्य चुनौती भनेको आज पनि मानिसहरूलाई ज्योतिष विज्ञान र खगोल विज्ञान छुट्याउन कठिन छ । नेपालका मिडियामा प्राय: ज्योतिष विज्ञानलाई नै स्थान दिइएको पाइन्छ,’ अध्यक्ष भट्टराईले प्रस्तुतीकरण उदृत गर्दै भने, ‘त्यसकारण खगोल विज्ञानबारे हामीले विभिन्न गतिविति तथा कार्यक्रमहरू आयोजना गरेर मानिसहरूलाई जानकारी दिइरहेका छौं भन्ने कुरा गरें ।’

यसमा भएका प्रस्तुतीकरण पछि CAP2021 Virtual नामक युट्युब च्यानलमा राखिनेछ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ३ : ३५ बजे

गोरखामा दलका १२ र तीन स्वतन्त्र उमेदवार प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?

गोरखा । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

विदेश पठाउने नाममा ३१ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं – रोजगारीका लागि क्रोएशिया र ग्रीस पठाउने भन्दै रु

नेपाल–भारत सीमा सुरक्षा बैठकमा बेहोस भएका एसपी घिमिरेको निधन

काठमाडौं – नेपाल–भारत सीमा सुरक्षा समन्वय बैठक चलिरहेका बेला बेहोस

बुढासुब्बा गोल्डकप : झापा–११ क्वाटर फाइनलमा प्रवेश

सुनसरी – धरानमा जारी २६औँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप

गोरखाको लाप्राकवासीले गरे ‘मकै विवाह’

गोरखा – जिल्लाको धार्चे गाउँपालिका–४ लाप्राकका किसानले कृष्ण प्रतिपदाको तिथिमा