एक महिना पछाडि धकेलियाे ओस्कार « Khabarhub

एक महिना पछाडि धकेलियाे ओस्कार


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– विश्वप्रसिद्ध फिल्म अवार्ड ‘ओस्कार’ आयोजक एकेडेमी अफ मोसन पिक्चर आर्टस् एण्ड साइन्स(एएमपीएएस)ले सन् २०२२ मा हुने ओस्कार अवार्डलाई एक महिना पछि सार्ने निर्णय गरेको छ ।

अमर उजालाका अनुसार एएमपीएएसले एक विज्ञप्ती जारी गर्दै २०२२ को फेब्रुअरी २७ मा हुने पूर्व निर्धारित अवार्डलाई मार्च २७ मा आयोजना गर्ने जनाएको छ ।

यद्यपि अवार्डका लागि मनोनयन दर्ताको समय ३१ डिसेम्बरसम्म राखिएको छ । गत वर्ष आयोजकले कोभिड–१९ महामारीका कारण मनोनयन दर्तामा परिवर्तन गर्दै २०२१ को फेब्रुअरी २८ सम्म समयसीमा बढाएको थियो ।

यो निर्णयसँगै थिएटरमा रिलिज नभई ओटीटी प्लेटफर्ममा रिलिज हुने फिल्महरुले अवार्डमा सहभागि हुने मौका पाएका छन् ।

यसअघि ९३ औं संस्करणको ओस्कार अवार्ड गत अप्रिल २५ मा गरिएको थियो । यो संस्करणमा फिल्म ‘नोम्याडलेण्ड’ले ‘बेस्ट फिल्म’, ‘बेस्ट डायरेक्टर’ र ‘बेस्ट एक्ट्रेस’को अवार्ड जितेको थियो ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ५ : २० बजे

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार