बाँके घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह « Khabarhub

बाँके घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन मानव अधिकार आयोगको आग्रह


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य जस्तो अति संवेदनशील सेवालाई अवरुद्ध नगरी वार्ता र संवादको माध्यमबाटै समस्याको समाधान गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

कोभिड–१९ को महामारीमा अग्रपङ्क्तिमा रही अहोरात्र खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट तथा अस्पताल तोडफोडका घटनाले हालको सङ्कटको अवस्थामा उच्च मनोबलका साथ कार्य गर्नुपर्ने स्वास्थ्यकर्मीको मनोबल र प्रतिष्ठामा नकारात्मक असर पर्ने भएकाले घटनाको शीघ्र र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आयोगले आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा कोभिड–१९ बाट उत्पन्न वर्तमान सङ्कटको परिस्थितिमा बाँकेको भेरी अस्पतालमा सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुमाथि भएको कुटपिट तथा अस्पतालमा भएको तोडफोडको घटनाप्रतिको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

पुनरावृत्ति हुन नदिने कुराको सुनिश्चितता गर्न र महामारीको सङ्कटपूर्ण अवस्थामा स्वास्थ्यजस्तो अत्यावश्यकीय सेवालाई कुनै पनि तवरले अवरोध हुने अवस्था सिर्जना हुन नदिन आयोगले सरकारसँग आग्रह गरेको छ ।

उक्त घटनाको आयोगको लुम्बिनी प्रदेश शाखा कार्यालय नेपालगञ्जले आजै स्थलगत अनुगमन गरिरहेको आयोगले जनाएको छ । बाँकेको भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको भन्दै मृतकका आफन्तले बिहीबार साँझ स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नुका साथै अस्पतालको कोभिड उपचार कक्षमा तोडफोड गरेको र चिकित्सक तथा नर्समाथि आक्रमण गरेपछि चार स्वास्थ्यकर्मी एक तलामाथिबाट हाम फालेको अनुगमनका क्रममा पाइएको छ ।

आयोगले स्वास्थ्यकर्मी सुरक्षाको पूर्ण प्रत्याभूति नहुँदासम्म काममा नफर्कने भन्दै घटनाको विरोध गरिरहेको पाइएको जनाएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ५ : ४५ बजे

शिक्षामन्त्री पोखरेल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेटवार्ता

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका

तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो

जानकी मन्दिर विवादबारे हर्कले भने, ‘म बाटैमा थिएँ, श्रमदातालाई अपमान गरेछन्’

काठमाडौं- जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका नेता-कार्यकर्ता र

पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी

बागमती– जिल्लाको मकवानपुरगढी गाउँपालिकाले घरबास, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई