स्तन हटाएर एलियट बनिन् एलन | Khabarhub Khabarhub

स्तन हटाएर एलियट बनिन् एलन


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– हलिउडकी प्रख्यात अभिनेत्री एलियट पेज(पहिलाको नाम एलन पेज) प्रायः चर्चामा आइरहन्छिन् । केही समयअघि मात्र उनले आफू ट्रान्सजेण्डर भएको खुलासा गरेकी थिइन् ।

अमर उजालाका अनुसार गत वर्ष डिसेम्बरमा उनले आफ्नो इन्स्टाग्राम एकाउण्टमा एक पोस्ट गर्दै आफूले लिंग परिवर्तन गरेको र सर्जरी पछि आफु पुरुष बनेको जानकारी दिएकी थिइन् ।

यसपटक पुनः एलियट चर्चामा आएकी छन् । एलियटले आफ्नो इन्स्टाग्राम एकाउण्टमा आफ्नो सर्टलेस सिक्स एब्सवाला तस्वीर शेयर गरेकी छन् । जुन तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

एलियटले टप सर्जरी गराएपछि पहिलोपटक आफ्नो यस्तो तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी हुन् । तस्वीरमा फ्यानसँगै कैयौं सेलिब्रेटीले आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।

हलिउड फिल्म ‘इंसेप्शन’, ‘जूनो’ र ‘द अम्ब्रेला अकेडमी’ जस्ता फिल्मकी अभिनेत्री एलियटले सन् २०१३ मा टप सर्जरी गराएकी थिइन् । जुन सर्जरीबाट उनको दुवै स्थान फ्यालिएको थियो ।

त्यो सर्जरीलाई उनले ओपेरा विनफ्रेसँगको अन्तरवार्तामा ‘लाइफ चेञ्जिङ’ र ‘लाइफ सेभिङ’ भनेकी थिइन् । उनले आफू महिलाको पहिरनमा कहिल्यै पनि सहज हुन नसकेको खुलाएकी थिइन् ।

फिल्म ‘इंसेप्शन’को प्रिमियरका समयमा उनले जुन पहिरन लगाएकी थिइन्, त्यो पहिरनले उनी झण्डै बेहोस भएकी थिइन् । सर्जरी अघि उनले सन् २०१२ मा आफ्नो नाम एलन पेजलाई फेरेर एलियट पेज राखेकी थिइन् ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ६ : १० बजे

संरक्षित वन्यजन्तु भालुको पित्त जस्तो देखिने आखेटोपहारसहित दुई जना पक्राउ

काठमाडौं– गोकर्णेश्वर नगरपालिका-१ रूप्सेटारबाट करिब ५ सय ६८ ग्राम तौल बराबरको

करीव १,४०० अफगान शरणार्थी परिवारहरू एकै दिनमा स्वदेश फिर्ता

काबुल– कुल एक हजार ३८२ अफगान शरणार्थी परिवारका सात हजार

सिजनमै आएनन् पर्यटक, ‘होमस्टे’ रित्तै

कञ्चनपुर– भीमदत्त नगरपालिका–१४ स्थित नयाँगाउँका पर्शुराम राना शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

कर्णाली राजमार्गका पाँच रुग्ण ठेक्का तोड्न सूचना जारी

जुम्ला– सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्गअन्तर्गतका पाँचवटा रुग्ण अवस्थाका

टुरमा गएका आधा कलाकार रुष्ट, आयोजक विनोद भन्छन्– ‘अब सुन्छ अमेरिका’ सफल भयो

काठमाडौं – प्रस्तुती दिन गएका आधा कलाकार आयोजकसँग रुष्ट बन्दा