पूर्वमन्त्री भण्डारीले गरे अक्सिजन सिलिण्डर सहयोग « Khabarhub

पूर्वमन्त्री भण्डारीले गरे अक्सिजन सिलिण्डर सहयोग


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले जिल्लामा कोरोना सङ्क्रमितका उपचारमा अक्सिजनको अभाव हुन नदिन १७ अक्सिजन सिलिण्डर प्रदान गरेका छन् ।

उनले जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेलाई ती सिलिण्डर हस्तान्तरण गरेका हुन् । हस्तान्तरित सिलिण्डर मध्ये आज नै जिपी कोइराला श्वास प्रश्वास तथा उपचार केन्द्रका प्रमुख डा रामकुमार श्रेष्ठलाई दश र दमौली अस्पतालका प्रमुख डा सुनिल पौड्याललाई सात थान दिइएको छ ।

पूर्वमन्त्री समेत रहेका भण्डारीले केही दिन अघि जिल्लाका अस्पताल र आइसोलेशन कक्षमा स्वास्थ्य सामाग्री हस्तान्तरणका नेका तनहुँलाई रु १ लाख १ हजार १११ उपलब्ध गराएका थिए ।

कांग्रेसका कार्यवाहक सभापति जितप्रकाश आलेले केही दिन भित्र स्वास्थ्य सस्थालाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराउने जानकारी दिए ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  १० : ४५ बजे

कांग्रेस महाधिवेशन : नैनसिंहले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नैनसिंह महरले महामन्त्रीमा उम्मेदवारी दिने

कांग्रेसजस्तै पुस्तान्तरण अरु पार्टीले पनि सिकुन् : गुरु घिमिरे

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरेले कांग्रेसले जस्तै रूपान्तरण

कतारमा ‘स्नेह मिलन–२०२६, सिजन-९’ आयोजना हुँदै

दोहा– गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारले लामो

कांग्रेस महाधिवेशन उद्घाटन समारोह (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ ।

गगनको राजनीतिक प्रतिवेदन : दुई कार्यकाल मात्रै प्रधानमन्त्री हुन पाइने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति गगनकुमार थापाले राजनीतिक प्रतिवेदन