काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा सुरु भएको छ । आइतबार उद्घाटन हुने महाधिवेशन यही असोज २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीले जनाएको छ ।
वर्षाका कारण २ दिन ढिला गरी सुरु हुन लागेको महाधिवेशनमा देशभरका साथै विदेशबाट गरी करिब सात हजार सात सय महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन् । महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्दै छन् ।
महाधिवेशन तालिकाअनुसार असोज १८ गते उद्घाटन सत्र, १९ र २० गते बन्दसत्र तथा २१ र २२ गते निर्वाचन प्रक्रिया हुनेछ। निर्वाचन समितिले असोज १९ गते सोमबार अपराह्न २ देखि ६ बजेसम्म राष्ट्रिय सभा गृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ताको समय तोकेको छ ।
यसपटक महाधिवेशनको उद्घाटन र बन्दसत्र दुवै खुलामञ्चमै आयोजना गरिएको छ । बन्दसत्रका लागि ‘हिमाल’, ‘पहाड’ र ‘तराई–मधेस’ नाम दिइएका तीनवटा अलगअलग हल निर्माण गरिएको छ, जहाँ डिजिटल बोर्डमार्फत पदाधिकारीका प्रतिवेदनहरू प्रस्तुत र छलफल गरिनेछ ।

























प्रतिक्रिया