प्रधानमन्त्रीको सम्बोधनप्रति बाबुरामको टिप्पणी : अति गरे खति हुन्छ ! « Khabarhub

प्रधानमन्त्रीको सम्बोधनप्रति बाबुरामको टिप्पणी : अति गरे खति हुन्छ !


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका नाममा आज गरेको सम्बोधन र प्रतिपक्षीप्रतिको अभिव्यक्तिलाई ‘जो चोर उसकै ठूलो स्वर’ भएको टिप्पणी गरेका छन्।

प्रधानमन्त्रीको सम्बोधनलगत्तै सामाजिक सञ्जाल ट्वीटरमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले प्रधानमन्त्रीको सम्बोधनलाई अवैधानिक ‘वार्षिक नीति तथा कार्यक्रम’ वाचन, त्यसभित्रका असत्य र अर्धसत्य दाबी र प्रतिपक्षी दल तथा नेतामाथि दुराशयपूर्ण कटाक्ष भएको उल्लेख गरेका छन् । उनले प्रधानमन्त्रीको सम्बोधनका विषयमा ‘अति गरे खति हुने’ बताउँदै कुराले ‘चिउरा भिज्दैन’ भनी टिप्पणी गरेका छन् ।

उनले ट्वीटरमा यस्तो लेखेका छन्-

अन्यथा अर्थ नलागोस्-अवैधानिक/असंवैधानिक ढंगले कुर्सीमा टाॅसिइरहनुभएका प्रम ओलीको यो अवैधानिक ‘बार्षिक नीति तथा कार्यक्रम’ वाचन र त्यसभित्रका असत्य/अर्धसत्य दावी र प्रतिपक्षी दल/नेतामाथि दुराशयपूर्ण कटाक्ष’जो चोर उसको ठुलो स्वर’जस्तो लाग्यो ! कुराले चिउरा भिज्दैन !अति गरे खति हुन्छ !

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ८ : ०१ बजे

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार