मनीषा र करिश्माको उतारचढावपूर्ण यस्तो समानता | Khabarhub Khabarhub

मनीषा र करिश्माको उतारचढावपूर्ण यस्तो समानता


१४ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् ९० को दशक बलिउडलाई सम्झिएर अहिले पनि फिल्मप्रेमी दर्शक खुशी हुन्छन् । यही समयमा कैयौं सुन्दर र प्रतिभाशाली अभिनेत्रीहरुले ठूलो पर्दामा आफ्नो पहिचान बनाए । यसमा मनीषा कोइराला र करिश्मा कपूर पनि थिए ।

एबीपी लाइभका अनुसार मनीषा र करिश्माको उतारचढावपूर्ण करियरसँगै निजी जीवनमा केही समानता छन् । मनीषाले आफ्नो फिल्मको करियर सुभाष घईको फिल्म ‘सौदागर’बाट गरेकी थिइन् ।

यो फिल्म बक्सअफिसमा हिट साबित भयो । त्यसपछि सन् १९८२ मा रिलिज फिल्म ‘लभ स्टोरी’ले बक्सअफिसमा राम्रो प्रदर्शन गर्न सकेन । यद्यपि फिल्मबाट मनीषाले अभिनयको राम्रो तारिफ पाइन् ।

यसपछि मनीषाले ‘बम्बे’, ‘अकेले हम अकेले तुम’ जस्ता फिल्मबाट बलिउडमा आफूलाई स्थापित गराइन् । मनीषालाई फिल्म ‘अग्नीसाक्षी’ले बलिउडमा विशेष पहिचान दिलायो ।

त्यसपछि फिल्म ‘खामोशी द म्यूजिकल’मा उनले नाना पाटेकरसँग अभिनय गरिन् । फिल्ममा नाना मनीषाको पिताको भूमिकामा थिए । यो फिल्म बनिरहँदा उनीहरु डेटमा रहेको चर्चा चलेको थियो ।

व्यावसायिक जीवनपछि मनीषाले नेपाली व्यापारी सम्राट दाहालसँग विवाह गरिन् । तर दुई वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो ।

करिश्माको कुरा गर्दा उनले सन् १९९२ मा फिल्म ‘प्रेम कैदी’बाट बलिउडमा पाइला चालिन् । तर फिल्म फ्लप भइदियो ।

त्यसपछि उनले ‘राजा बाबू’, ‘कुली नंबर १’, ‘साजन चले ससुराल’ जस्ता फिल्ममा अभिनय गरिन् । करिश्मालाई फिल्म ‘राजा हिन्दुस्तानी’ले बलिउडमा ठूलो पहिचान दिलायो ।

यो फिल्म सन् १९९६ मा रिलिज भएको थियो । यो फिल्मका लाग करिश्माले ‘बेस्ट एक्ट्रेस’को फिल्मफेयर अवार्ड जितेकी थिइन् ।

मनीषाको जस्तै करिश्माको निजी जीवन पनि समस्याग्रस्त थियो । सन् २००३ मा अभिषेक बच्चनसँग इन्गेजमेन्ट टुटेपछि उनले सन् २००३ मा नै व्यापारी सञ्जय कपूरसँग विवाह गरिन् । तर उनीहरुको सन् २०१६ मा सम्बन्धविच्छेद भयो ।

प्रकाशित मिति : १४ जेठ २०७८, शुक्रबार  ९ : ५० बजे

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको

सहकारी समस्या समाधान गर्न पूर्वन्यायाधीश गौतम नेतृत्वको समिति

काठमाडौं- सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा

धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका

सरकारले भन्यो : ब्याण्डविथ खरिद वापतको भुक्तानीमा अवरोध गरिएको छैन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा