युरोकपमा आज पनि दुई खेल, कसको कोसँग भिडन्त ? « Khabarhub

युरोकपमा आज पनि दुई खेल, कसको कोसँग भिडन्त ?


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युरोकप फुटबलमा आज पनि दुई खेल हुँदैछन् ।

युरोकपको नकआउट चरण अन्तर्गत पहिलो खेलमा स्पेन र क्रोएसिया तथा दोस्रो खेलमा फ्रान्स र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

डेनमार्कको पार्केन एरिनामा हुने स्पेन र क्रोएसियाबीचको खेल राति ९:४५ बजे हुनेछ । दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा हुनेछन् ।

स्पेन समूह ‘ई’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।  क्रोएसियाले समूह ‘डी’ बाट उपविजेता बन्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।  क्रोएसियाले ३ खेलमा ४ अंक जोडेको थियो ।

क्रोएसिया र स्पेनबीच मुख्य प्रतियोगितामा तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो । यस अघिको दुई भेटमा दुबै टोलीले एक एक खेल जितेका छन् ।

रोमानियाको नेसनल एरिनामा हुने आजको दोस्रो खेलमा फ्रान्स र स्वीट्जरल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । खेल राति १२:४५ बजे हुनेछ । आज दुबै टिम जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ ।

साविक उपविजेता समेत रहेको फ्रान्स समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

स्वीट्जरल्यान्डले समूह ‘ए’ बाट नकआउट चरणमा स्थान बनाएको हो । फ्रान्स र स्वीट्जरल्यान्डबीच पछिल्लो ७ खेलको नतिजामा फ्रान्स बलियो देखिएको छ । फ्रान्सले ३ खेल जित्दा ४ खेलमा बराबरी खेलेको छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ६ : ५४ बजे

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध