आठ फिल्ममा अभिषेकलाई ऐश्वर्याको भन्दा कम पारिश्रमिक « Khabarhub

आठ फिल्ममा अभिषेकलाई ऐश्वर्याको भन्दा कम पारिश्रमिक


१४ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउडमा अभिनेता र अभिनेत्रीले पाउने पारिश्रमिकलाई लिएर प्रायः बहस हुने गरेको छ । कैयौं अभिनेत्रीले पुरुष अभिनेताको तुलनामा आफूहरुले कम पारिश्रमिक पाउने सार्वजनिक रुपमा भन्दै आइरहेका छन् ।

अभिनेता अभिषेक बच्चनले पनि केही वर्षअघि पारिश्रमिकका विषयमा खुलेर कुराकानी गरेका थिए । उनले अभिनेत्री श्रीमति ऐश्वर्या राय बच्चनसँग नौवटा फिल्ममा सहकार्य गरे । यीमध्ये आठ फिल्ममा अभिषेकको पारिश्रमिक ऐश्वर्याको भन्दा कम थियो ।

सन् २०१८ मा एक कार्यक्रमका बेला अभिषकले आमा जया बच्चन होस् या श्रीमति ऐश्वर्या, दुवैजना जहिल्यै आफ्नो शर्त अनुसार फिल्ममा काम गर्ने खुलाए । उनका अनुसार ऐश्वर्या र जयालाई उनीहरुले गर्न नचाहेको कुनै पनि कामलाई जबरदस्ती गर्न कहिल्यै बाध्य बनाइएन ।

अभिषेकले बलिउडलाई एक व्यापारिक बजारको तुलना गर्दै कलाकारको क्षमता अनुसार पारिश्रमिक दिइने गरिएको दाबी गरे । ‘यदी तपाईं नयाँ हुनुहुन्छ भने शाहरुख खानको बरार पारिश्रमिक त दिन मिल्दैन नि’, उनले भनेका छन् ।

अभिषेक र ऐश्वर्याले ‘गुरू’, ‘कुछ ना कहो’, ‘रावन’, ‘धूम–२’, ‘ढाई अक्षर प्रेम के’, ‘सरकार राज’, ‘उमराव जान’ र ‘बन्टी और बबली’मा सहकार्य गरेका थिए ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  १ : २० बजे

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई