विपक्षी गठबन्धनका नेता ओलीविरुद्ध खनिए, प्रचण्डले भने : अझै ठूलै चलखेलको गन्ध आउँछ | Khabarhub Khabarhub

विपक्षी गठबन्धनका नेता ओलीविरुद्ध खनिए, प्रचण्डले भने : अझै ठूलै चलखेलको गन्ध आउँछ



काठमाडौँ– विपक्षी गठबन्धनका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् । सोमबार विभिन्न पेशागत संस्थाका व्यक्तिहरुसँगको छलफलका क्रममा गठबन्धनमा रहेका शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालिरहेको भन्दै आलोचना गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुने तर त्यसको कार्यान्वयन भने नगर्ने नेता भएको टिप्पणी गरे । उनले माधवकुमार नेपालसामू समेत ओली त्यस्तै रुपमा प्रस्तुत हुनसक्ने बताए । उनले भने, ‘अहिले माधजवीको खुट्टामा आएर ढोग्न पनि सक्छन् । जेठ २ गतेमा फर्कन तयार छु भन्न सक्छन् । पालना एउटा पनि गर्दैनन् । त्यसैलाई मैले ओली प्रवृत्ति भन्छु ।’

ओलीले आफूलाई राष्ट्रवादी भनेर भ्रम छरेको आरोप लगाउँदै प्रचण्डले प्रधानमन्त्री ओली भ्रष्ट पनि भएको बताए । अहिलेको अवस्थालाई हेर्दा संसद पुर्नस्थापना हुने दाबी गरेका अध्यक्ष प्रचण्डले अझै पनि ठूलै खेलको गन्ध आएको महसुस गरेको बताए । सरकारले संकटकाल पनि लगाउन सक्ने आशंका गर्दै उनले भने, ‘संविधानमाथि भइरहेको सन्दर्भ र अदालतमा भइरहेको सन्दर्भले संसद त पुनर्स्थापना हुन्छ । सबै तथ्य, प्रमाण, नजिर हेर्दा संसद पुनर्स्थापना हुने कुरामा आशंका गर्ने ठाउँ छैन । तर अझै पनि एउटा ठूलै खेल चलिरहेको गन्ध आउँछ ।’

अध्यक्ष प्रचण्डले संसद पुनर्स्थापना भएपनि त्यो मात्रै समस्याको समाधान नहुन सक्ने बताए । प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्ति हेर्दा अब उनी ओरालो लागेको अध्यक्ष प्रचण्डको दाबी छ । अदालतलाई खबरदारी गर्ने काम सरकारले गरेको भन्दै उनले भने, ‘पछिल्ला अभिव्यक्ति हेर्दा एउटा त केपी ओली हारे भन्ने बुझेको छु । मलाई सेटिङ गर्‍यो भनेर भन्ने बिचरा प्रचण्डले सेटिङ गरेर हुने अवस्था छ त ?’

संविधानको धारा ७६ (५) को व्यवस्थामा सांसदहरुलाई विषेशाधिकार हुने अध्यक्ष प्रचण्डको जिकिर छ । केपी ओली तल्लो स्तरमा झरेर गाली गर्न लागेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘केपीजी सिद्धिनु भयो । नेपालको इतिहासमा कलंकित, बदनाम र तुच्छ स्तरको निरंकुश भएको इतिहास लिएर जाने हुनुभयो । केपीजीलाई सम्झिदा तै बिचरा भन्न मन लाग्छ ।’

यद्यपि, अध्यक्ष प्रचण्डले सरकार जुनसुकै हदमा जाने खतरा रहेको बताए । उनले भने, ‘ओरालो लागेकै बुझ्छु । अझै जुनसुकै हदमा जाने खतरा छ । संकटकालको पक्षमा प्रधानमन्त्री र राष्ट्रपति मिलेर जे गरेपनि हुने अवस्था छ । विभिन्न संस्थाहरुका नेतृत्वको बिचमा त्यही भन्नुभएको पनि होला ।’

प्रचण्डले सत्ता टिकाउन जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षसँग प्रधानमन्त्री ओलीले सहकार्य गरेकोमा टिप्पणी गरे । ‘संविधानको विरोधमा आगो लगाउने, व्यवस्थाविरोधी सबैभन्दा प्यारो भएको छ’, उनले भने, ‘संविधानविरोधीहरुका अघि पुरैका पुरै घोडा टेकेर जानुभएको छ । उहाँको राष्ट्रवादको नकाब योभन्दा उदांगो कहिले होला ?’

छलफलका क्रममा एमालेबाट निष्कासित नेता माधवकुमार नेपालले अध्यक्ष ओलीले मानसम्मान खोज्ने गरेको आरोप लगाए । तर आफूले भने त्यसो नगरेको उनले बताए । उनले भने, ‘हामी आफैँ अरुलाई भन्छौँ, आफू मान्दैनौँ । यसमा नम्बर वान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ ।’

नेता नेपालले ओलीले ‘मलाई बहुला कुकुरले टोकेको छ र ?’ भन्ने जस्ता शब्द प्रयोग गरेको भन्दै उनले भने, ‘उहाँका हिजो र आजका भाषणहरु ध्यान दिन लायक छन् । रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छु ।’

अहिले आफू संक्रमणकालीन अवस्थामा रहेको भन्दै नेता नेपालले विचलित नहुने बताए । उनले भने, ‘अफ्ठ्यारो अवस्थामा रहेको व्यक्ति वा नेता वा विचार समूहको रुपमा आएको छु । यो गठबन्धन भनेको संविधानको रक्षाका लागि हो र यसमा विचलित हुने छैन ।’ नेता नेपालले आफू राम्रो संस्कारका लागि विगतमा पनि लागेको भन्दै निरन्तर यसमा लागिरहने दाबी गरे ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ६ : ४५ बजे

हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय

बेनी– अष्ट्रेलियका पिटर जेटी हल सन् १९९३ मा पहिलो पटक

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर बाँकी

काठमाडौं– राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको

एलोन मस्कले गरे भारत भ्रमण स्थगित

नयाँदिल्ली– अर्बपति एलोन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको बताएका

कुम्भमेलामा १० दिनमा दुई लाख दर्शनार्थी सहभागी

धरान– सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन जाने उसु खेलाडीको बिदाई

काठमाडौं– चीनमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन २० सदस्यीय