युद्ध सङ्ग्रहालयले पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने राष्ट्रपतिको विश्वास « Khabarhub

युद्ध सङ्ग्रहालयले पर्यटन क्षेत्रमा टेवा पुर्‍याउने राष्ट्रपतिको विश्वास


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न पर्यटन क्षेत्रले टेवा पुर्‍याउने बताएकी छिन् ।

सिन्धुलीको ऐतिहासिकस्थल सिन्धुलीगढीमा निर्मित युद्ध सङ्ग्रहालयको आज उद्घाटन गर्दै उनले सिन्धुलीगढी ऐतिहासिक सम्पदाले भरिपूर्ण रहेको तथा आन्तरिक तथा बाह्य पर्यटक, विद्यार्थी र अनुसन्धानकर्ताहरु सङ्ग्रहालयको अवलोकनमा आउने भएकाले यहाँको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताइन् ।

उनले पर्यटनका माध्यमबाट सानो अर्थतन्त्र चलायमान हुने र उत्पादकत्व वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति घट्न सक्ने बताउँदै यस्ता गतिविधिले मुलुकमा चुलिएको व्यापारघाटा कम गर्न मद्दत पुग्ने र ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न टेवा पुग्ने विचार व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले भनिन्, “आजभन्दा करिब अढाई सय वर्षपहिले आक्रमण गर्न आएको विदेशी सेनालाई नेपाली सेना र जनताको वीरतापूर्ण प्रतिरोधबाट परास्त गरी नेपालले विजय हासिल गरेको थियो ।” उनले स्वतन्त्र र स्वाधीन राष्ट्रको पहिचान कायम राख्न ऐतिहासिक घटनाको विशिष्ट स्थान रहेको बताइन् ।

सिन्धुलीगढीलाई विश्वसामु चिनाउन भइरहेका प्रयासबाट सम्पूर्ण नेपाली गौरवान्वित भएका तथा युद्ध सङ्ग्रहालयको निर्माणले ऐतिहासिक सम्पदाको संरक्षण हुनाका साथै सिन्धुली जिल्लालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबीच पनि नेपाली सेनाले प्राप्त बजेटबाट सिन्धुलीगढीमा युद्ध सङ्ग्रहालय बनाएकामा प्रशंसा गरिन् ।

नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमूनाका रुपमा स्थापित सङ्ग्रहालयले देशका अन्य स्थानमा समेत यस्ता ऐतिहासिक धरोहरको निर्माणमा प्रेरणा मिल्ने बताइन् ।

राष्ट्रपति भण्डारीले नेपालको प्राकृतिक सौन्दर्य, जैविक विविधता, मौलिकतामा सिर्जित सम्पदाले यसलाई महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने र पर्यटन प्रवर्द्धन माध्यमबाट आर्थिक लाभ लिन सकिने बताए ।

गौरवमय इतिहासलाई बाह्य पर्यटनका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमासमेत प्रवर्द्धन गर्न सकिने भन्दै उनले भनिन्, “ऐतिहासिक पदमार्ग, गढी, प्राकृतिक सम्पदालगायत ऐतिहासिकस्थलको संरक्षणमा नेपाली सेना, स्थानीय समुदायको समन्वय र सहकार्यले निरन्तरता पाउनुपर्छ ।”

सो अवसरमा कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रतिनिधिसभा सदस्य गणेश पहाडी, वाग्मती प्रदेशसभा सदस्य प्रदीप कटुवाल, विनोदकुमार खड्का, लेखनाथ दाहाल जिल्लाका विभिन्न स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

नेपाली सेनाले रु सात करोडको लागतमा निर्माण गरेको सङ्ग्रहालयको विसं २०७६ कात्तिक २४ गते पूर्वउपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शिलान्यास गरेका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ८ : ३० बजे

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था