जिल्ला अदालत चितवनद्वारा ६३ प्रतिशत मुद्दा फर्छ्यौट « Khabarhub

जिल्ला अदालत चितवनद्वारा ६३ प्रतिशत मुद्दा फर्छ्यौट


१३ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जिल्ला अदालत चितवनले गत आर्थिक वर्षमा ६३ दशमलव ५५ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ ।

तीन हजार ८३० मुद्दामध्ये उक्त अवधिमा दुई हजार ४३४ फर्छ्यौट भएका छन् ।

अदालतका तहशिलदार पुरुषोत्तम पौडेलका अनुसार गत वर्ष नयाँ दर्ता भएका र अघिल्लो आवबाट जिम्मेवारी सरी आएका गरी तीन हजार ८३० मुद्दा रहेका थिए । तीमध्ये गत आवमा परेका दुई हजार ४५९ र अघिल्लो आवबाट जिम्मेवारी सरी आएका एक हजार ३७१ मुद्दा हुन् ।

उनका अनुसार ती मुद्दामध्ये दुई हजार ४३४ फर्छ्यौट भएका छन् । एक हजार ३९६ मुद्दा यस वर्षका लागि जिम्मेवारी सरेको उनले जानकारी दिए । यस्तै ७६९ जनालाई पक्राउ गरी फैसला कार्यान्वयन गराइएको छ ।

जिम्मेवारी सरी आएका पाँच हजार ३२१ जना र गत वर्षका ७६९ मध्ये सो सङ्ख्यामा पक्राउ गरी फैसला कार्यान्वयन गराइएको हो । पौडेलका अनुसार चालू आवका लागि पाँच हजार ३२१ जनाबाट फैसला कार्यान्वयनका लागि जिम्मेवारी सरी आएको छ । उनीहरुबाट दुई हजार ६६८ वर्ष छ महिना २० दिन कैद र रु १५ करोड ९८ लाख पाँच हजार ६८९ जरिवाना असुल गर्न बाँकी रहेको उनले जानकारी दिए ।

पक्राउ परेकाबाट एक हजार ६१ वर्ष छ महिना १६ दिन कैद भुक्तान गरिएको छ भने रु नौ करोड ३४ लाख ४४ हजार ३१० जरिवाना असुल गरिएको छ । कोरोना सङ्क्रमणका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समयमा अदालतमा पनि काम नहुँदा फैसला कार्यान्वयन र अदालती काम पनि बन्द हुँदा फर्छ्यौट कम भएको देखिएको उनको भनाइ छ ।

प्रकाशित मिति : १३ श्रावण २०७८, बुधबार  ९ : ४५ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया