भ्याक्सिन कार्डवाला दर्शकलाई हलमा प्रवेश गराउने सोचेका छौँ « Khabarhub

भ्याक्सिन कार्डवाला दर्शकलाई हलमा प्रवेश गराउने सोचेका छौँ


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना संक्रमणपछि फिल्म हलहरू बन्द भएको करिब १८ महिना भएको छ । फिल्म प्रदर्शकको छाता संस्था ‘नेपाल चलचित्र संघ’ का अनुसार देशभरमा २८ हल सधैँका लागि बन्द भएका छन् । केही हलहरू अझै केही महिना फिल्म नचले सधँैका लागि बन्द हुने अवस्थामा छन् । केही हलका सञ्चालकहरू परिस्थिति सामान्य हुने प्रतीक्षामा छन् । यही परिप्रेक्ष्यमा फिल्म हलहरूको अवस्था र संघको योजनाका विषयमा नेपाल चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानसँग खबरहबले संक्षिप्त संवाद गरेको छ ।

हाल फिल्म हलहरूको अवस्था के छ ?

धेरै हलहरू सधैँका लागि बन्द भएका छन् । बाँकी हलहरू पनि त्यस्तै अवस्थामा जाने तयारीमा छन् । व्यापार, व्यवसाय छैन । घरको पैसा, अन्य ठाउँबाट ऋण गरेर कहिलेसम्म खर्च टार्ने ? अहिले हल खुल्ने कुरा अनिश्चित छ । कोरोनाको डर बाँकी नै छ । सरकारले हेरेन भने हल बन्द हुनेमात्रै होइन, उठिबास नै हुने अवस्था आइसकेको छ ।

हल सञ्चालकहरूले कर्मचारीको तलबभत्ता अन्य खर्च व्यवस्थापन कसरी गरिरहेका छन् ?

काम छोड्न चाहनेले छोडेर गइरहेका छन् । कसैलाई आधा तलब दिएर राखिएको छ, कसैलाई २५ प्रतिशत दिइएको छ । अधिकांशले विकल्प खोजेर हलको काम छोडिसके ।

चलचित्र विकास बोर्डले हल खोल्न कतिको चासो दिएको छ ?

अहिले खोलेर के गर्ने र ! अहिले खोल्नुभन्दा बन्द गर्नु नै बेस छ । अहिलेको अवस्थामा विकास बोर्डले पनि खासै केही गरेको छैन । करको मामलामा पनि एक दुई वर्षका लागि सबै कर छुट दिएमा त्यो करबाट आउने पैसा निर्माता र हलवालाले बाडफाँड गर्दा अलिकति राहत हुन्थ्यो । त्यसमा चासो दिएको देखिँदैन ।

निर्माताहरू त फिल्म रिलिज गर्न तयार भएका देखिन्छन् नि !

निर्माताहरू फिल्म रिलिजका लागि एमजी (मिनिमम ग्यारेन्टी) भन्छन् । अहिले निर्माता र हलवाला दुवै घाइते अवस्थामा छौँ । हामी एउटै बाटोमा हिँडिरहेका छौँ । दुवै घाइते भएको अवस्थामा एउटा घाइतेले अर्को घाइतेलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने मध्यमार्गी बाटो खोज्नुपर्छ ।

कोरोनाले हामी प्रदर्शक र निर्मातालाई धेरै थिचेको छ । यो बेलामा निर्माताले फिल्मलाई तीन करोड, चार करोड भन्छन् । यस्तो अवस्थामा कसले तिर्छ र ! हामीले त साठी प्रतिशत, ६५ प्रतिशतबाट १०–१५ प्रतिशत दिने भनेको हो । दुई पैसा हामीलाई खर्च आयो भने पो चलाइदिऊँ भन्ने हुन्छ । निर्माता घाटा नचाहने, उनीहरूलाई ग्यारेन्टी चाहिने अनि हामी हलवाला चाहिँ घाटामा जाओस् भनेर सोच्ने ! यो त स्वीकार्य हुँदैन ।

निर्मातासँग तपाईंहरूको माग के हो ?

उहाँहरूले फिक्समा फिल्म नदिए हामी ज्यान गए पनि रिलिज गर्दैनौँ । हामी डुब्छौँ । एउटा हल बनाउन बैंकबाट १२ देखि १५ करोड रुपैयाँ ऋण लिनुपर्छ । त्यो हिसाबमा दुईवटा हल बनाउन ३५ करोड ऋण लिनुपर्छ । अनि त्यो ऋण हामीले कसरी तिर्ने ? ब्याज कसरी तिर्ने ? उद्योग बचाउने भए सबैलाई समान भूमिका हुनुपर्‍यो ।

हल खुल्ने हो भने दर्शकहरू आउलान् त ?

हल खुल्यो भने दर्शक आउँछन् । त्यसमा शंका गर्नुपर्ने अवस्था छैन । दर्शकहरू फिल्म हेर्न नपाएर तड्पिएका छन् । त्यसका लागि मुख्यरूपमा कन्टेन्ट चाहियो । हल खोलेर राम्रो कन्टेन्ट भएका फिल्म रिलिज भयो भने दर्शक ढुक्कका साथ आउँछन् ।

दर्शकलाई हलमा प्रवेश गराउने केही तयारी छ त ?

विदेशका हलहरूको हकमा त्यहाँका हलवालाले कोभिड भ्याक्सिन लगाएका दर्शकलाई टिकट दिएर हलभित्र प्रवेश गराएको समाचार हामीले पढेका छौँ । यो कुरा मैले चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललाई जानकारी गराइसकेको छु । उहाँले मन्त्रालयका सचिवलाई भन्छु भन्नुभएको छ ।

अबको साताभित्र नयाँ सञ्चारमन्त्री आउने कुरा सुनेको छु । अनिमात्र कुरा अगाडि बढ्छ । हामीले दशैँलाई लक्षित गरेर भ्याक्सिन कार्डवाला दर्शकलाई फिल्म हलमा प्रवेश गराउने योजना बनाएका छौँ । हामी कार्य समितिको बैठक बसेर यसबारे निर्णय गर्छौं ।

 

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ७ : ५५ बजे

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच

बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माण प्रक्रियालाई तत्काल अगाडि बढाउने