लेवनानमा बन्धक नेपाली चेलीको उद्धार « Khabarhub

लेवनानमा बन्धक नेपाली चेलीको उद्धार



दोहा : लेवनानमा बन्धक नेपाली महिलाको उद्धार गरिएको छ ।

एक दशकदेखि एक लेवनानीको घरमा बन्धक भएकी सजिता लामालाई ‘दिस इज लेवनान’ नामक सस्थाको अगुवाइमा उद्धार गरिएको हो ।

उनी काठमाडौँ जोरपाटीस्थित नयाँबस्तीकी रहेको दिइ इज लेवनान संस्थाले जनाएको छ । यो संस्था लेवनानमा समस्यामा परेका मानिसको सहयोगमा जुटेको छ ।

यही संस्थामा जोडिएका दीपेन्द्र उप्रेतीसहितको टोलीले सजिता एक दशकदेखि रोजगारदाता रिचार्ड खौरीको घरमा बन्धक भएको जानकारी पाएपछि उद्धारमा जुटेको थियो । लेवनानको राजधानी बेरूतमा “जर्ज पसल” सञ्चालन गर्दै आएका खौरी र उनकी पत्नी राना जर्मानोसले २०१२ देखि सजितालाई बन्धक बनाएको खुलेको उप्रेतीले बताए ।

उनी बन्धक भएको सूचनाका आधारमा दिस इज लेवनानको पहलमा खौरीको घरमा छापा मारेर उनलाई बन्धन मुक्त गरिएको बताइएको छ ।

रोजगारदाताले उनलाई एक वर्ष ९ महिनाको मात्र तलब दिएको पाइएको छ ।

सेप्टेम्बर २०१० मा त्यहाँ पुगेकी सजिताले ११० महिना (९ वर्ष २ महिना) काम गरेको तलब पाउन बाँकी छ । उनलाई हरेक हप्ता ८० घण्टा काम गराइन्थ्यो । अभियन्ताहरुले अबको आफ्नो लक्ष्य सजिताको बाँकी तलब दिलाउन केन्द्रित हुने बताएका छन् ।

दिस इज लेबनानले सजितालाई उद्धार गरी अहिले सेल्टर हाउसमा राखेको छ । स्वदेश फिर्ता गरी उनको परिवारसँग पुनर्मिलन गराउने  संस्थाले जनाएको छ ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  १२ : ३४ बजे

दसैँ मनाएर उपत्यका फर्किने बढ्दै

काठमाडौँ- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेपछि

आणविक सम्झौताबारे म्याक्रोनको भनाइमा अराघचीको आपत्ति

एजेन्सी– इरानका विदेशमन्त्री अब्बास अराघचीले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनको इरानको

ज्यामिरेवासीले अस्थायी आवासमै मनाए दसैँ

बागमती– मकवानपुरको बकैया गाउँपालिका–६, तल्लो ज्यामिरेका जमिन चिरा परेर प्रभावित

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको