शरीरका विभिन्न अंगबाट किन निस्कन्छ आवाज ? « Khabarhub

शरीरका विभिन्न अंगबाट किन निस्कन्छ आवाज ?


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हाम्रो बोलीमा मात्र होइन शरीर चल्दा वा कुनै कार्य गर्दा शरीरबाट विभिन्न प्रकारको आवाज आउँछ । कतिसम्म भने सुतिरहेका बेला पनि शरीरबाट आवाज निस्कन्छ ।

यी आवाजमा जोर्नी चट्किनु, श्वास फेर्दा घ्यारघ्यार हुनु, नाकबाट सिट्ठी बजेको झैं आवाज निस्कनु, घुर्नु, पेट कराउनु लगायतका छन् ।

धेरैजसो मानिस शरीरबाट निस्कने यस्ता आवाजलाई वास्तै गर्दैनन् । तर शरीरबाट निस्कने यस्ता आवाज कुनै घातक स्वास्थ्य समस्याको संकेत पनि हुनसक्छ । यसमा ध्यान नदिँदा समस्या बढ्न सक्छ ।

शरीरबाट निस्कने यस्तो प्रकारको आवाज कुन स्वास्थ्य समस्याले हुन्छः

घुर्नु

कतिपय मानिसमा सुत्दा घुर्ने बानी हुन्छ । धेरैजसोले घुर्ने बानीलाई बेवास्ता गर्दछन् तर यो एक रोगको संकेत हो । मोटोपनका कारण गलामा मेम्ब्रेनको रोकावटका कारण मानिस घुर्ने गर्दछ । यसले स्लिप एप्निया, डायबिटिज र स्ट्रोकको खतरा बढ्न सक्छ ।

जोर्नीको आवाज

जोर्नीमा लिक्विडको कमी भए आवाज आउँछ । यदि लामो समयसम्म यस्तो भए गाँठो, अर्थराइटिस हुनसक्छ ।

पेट कराउने

पाचन प्रक्रियामा गडबड हुदाँ पेटबाट आवाज आउने गर्दछ । यदि पेट फुल्ने वा दुख्ने गर्दछ भने यस्तो आवाजले कलेजोको समस्याको संकेत गर्दछ ।

बंगाराबाट आवाज

खानामा अमिलो–पिरो, गुलियो, तातो वा चिसो खाँदा दाँतबाट आवाज आउँछ । बंगाराबाट आवाज आउनु माथिल्लो र तल्लो बंगाराको अलाइन्मेन्ट बिग्रेका कारणले हुनसक्छ । जसका कारण बंगारा लक हुने समस्या हुनसक्छ ।

नाकबाट सिट्ठी बजे जस्तो आवाज

रुघा, खोकी वा साइनसका कारण नाकबाट सिट्ठी बजेको जस्तो आवाज आउँछ । यो हुनुमा श्वासको नलीमा अवरोधका कारणले हुनसक्छ ।

कान बज्नु

कहिलेकाँही कानमा पानी वा कुनै कुरा छिरे आवाज आउन सक्छ । यदि कान सिरिङ्ग हुन्छ भने यसको कारण थाहा पाउन जरुरी छ । फंगल इन्फेक्सनका कारण पनि कानबाट आवाज आउनसक्छ । यसका साथै मोबाइलको अत्यधिक प्रयोगले निम्तिने टिनिटस नामक रोगका कारण पनि कानबाट आवाज आउनसक्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १ : १९ बजे

बाढीपीडितलाई प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

काठमाडौं– अमेरिकामा रहेका प्रवासी नेपालीले भोटेकोशी बाढीपीडितको सहयोगार्थ दुई लाख २६

पहलमान सिंहस्वाँर मार्ग भासियो

अछाम– अविरल वर्षाले पहलमान सिंहस्वाँर मार्गमा यातायात सेवा प्रभावित भएको

अविरल वर्षापछिको बाढी पहिरोले विद्युत् पूर्वाधारमा कहाँ कहाँ क्षति ?

काठमाडौं– चार दिनदेखि आएको अविरल वर्षाका कारण देशका विभिन्न भागमा

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री