शरीरका विभिन्न अंगबाट किन निस्कन्छ आवाज ? « Khabarhub

शरीरका विभिन्न अंगबाट किन निस्कन्छ आवाज ?


१२ भदौ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हाम्रो बोलीमा मात्र होइन शरीर चल्दा वा कुनै कार्य गर्दा शरीरबाट विभिन्न प्रकारको आवाज आउँछ । कतिसम्म भने सुतिरहेका बेला पनि शरीरबाट आवाज निस्कन्छ ।

यी आवाजमा जोर्नी चट्किनु, श्वास फेर्दा घ्यारघ्यार हुनु, नाकबाट सिट्ठी बजेको झैं आवाज निस्कनु, घुर्नु, पेट कराउनु लगायतका छन् ।

धेरैजसो मानिस शरीरबाट निस्कने यस्ता आवाजलाई वास्तै गर्दैनन् । तर शरीरबाट निस्कने यस्ता आवाज कुनै घातक स्वास्थ्य समस्याको संकेत पनि हुनसक्छ । यसमा ध्यान नदिँदा समस्या बढ्न सक्छ ।

शरीरबाट निस्कने यस्तो प्रकारको आवाज कुन स्वास्थ्य समस्याले हुन्छः

घुर्नु

कतिपय मानिसमा सुत्दा घुर्ने बानी हुन्छ । धेरैजसोले घुर्ने बानीलाई बेवास्ता गर्दछन् तर यो एक रोगको संकेत हो । मोटोपनका कारण गलामा मेम्ब्रेनको रोकावटका कारण मानिस घुर्ने गर्दछ । यसले स्लिप एप्निया, डायबिटिज र स्ट्रोकको खतरा बढ्न सक्छ ।

जोर्नीको आवाज

जोर्नीमा लिक्विडको कमी भए आवाज आउँछ । यदि लामो समयसम्म यस्तो भए गाँठो, अर्थराइटिस हुनसक्छ ।

पेट कराउने

पाचन प्रक्रियामा गडबड हुदाँ पेटबाट आवाज आउने गर्दछ । यदि पेट फुल्ने वा दुख्ने गर्दछ भने यस्तो आवाजले कलेजोको समस्याको संकेत गर्दछ ।

बंगाराबाट आवाज

खानामा अमिलो–पिरो, गुलियो, तातो वा चिसो खाँदा दाँतबाट आवाज आउँछ । बंगाराबाट आवाज आउनु माथिल्लो र तल्लो बंगाराको अलाइन्मेन्ट बिग्रेका कारणले हुनसक्छ । जसका कारण बंगारा लक हुने समस्या हुनसक्छ ।

नाकबाट सिट्ठी बजे जस्तो आवाज

रुघा, खोकी वा साइनसका कारण नाकबाट सिट्ठी बजेको जस्तो आवाज आउँछ । यो हुनुमा श्वासको नलीमा अवरोधका कारणले हुनसक्छ ।

कान बज्नु

कहिलेकाँही कानमा पानी वा कुनै कुरा छिरे आवाज आउन सक्छ । यदि कान सिरिङ्ग हुन्छ भने यसको कारण थाहा पाउन जरुरी छ । फंगल इन्फेक्सनका कारण पनि कानबाट आवाज आउनसक्छ । यसका साथै मोबाइलको अत्यधिक प्रयोगले निम्तिने टिनिटस नामक रोगका कारण पनि कानबाट आवाज आउनसक्छ । विभिन्न एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  १ : १९ बजे

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने

हिमाली संकट समाधानका लागि नेपालका चार प्रस्ताव, ५३ देशको समर्थन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु