आगामी निर्वाचनमा एकमुष्ठ जवाफ दिन्छौं : ओली « Khabarhub

आगामी निर्वाचनमा एकमुष्ठ जवाफ दिन्छौं : ओली


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादी र विदेशीको चङ्गुलमा परेर पार्टी विभाजन गरिएको आरोप लगाएका छन् । शनिबार ललितपुरको लुभुमा पार्टीको नगर कमिटी, वडा कमिटी र अखिल नेपाल महिला सङ्घको घोषणा गर्दै ओलीले महासागरजस्तो एमाले पार्टीमा पौडी खेल्ने ठाउँ नभएर केही साथीले खाल्डो खनेको बताउँदै पार्टीका केही नेताहरुले प्रतिक्रियावादी र विदेशीको चङ्गुलमा परेर पार्टी विभाजन गरेको आरोप लगाए ।

ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा एमालेलाई कुनै फरक नपर्ने स्पष्ट पारे । चुनावी तालमेल गराएर एमालेको अत्यधिक मतसहितको ठूलो दल बनाए पनि प्रदेश प्रदेशमा एमाले सरकारलाई गिराएर एमालेलाई कमजोर बनाउने काम भएको उनले बताए।

ओलीले आगामी निर्वाचनमा आफूविरुद्ध भएको षडयन्त्रको एकमुष्ट जवाफ दिने उल्लेख गरे । मुलुकलाई अविकसितबाट विकसित, कृषिको व्यावसायिकीकरण, उद्योगको आधुनिकीकरण, डिजिटल नेपालको परिकल्पनालाई साकार पार्ने काम अब एमालेले गर्ने उनले बताए ।

नेकपा एमालेका नेता तथा युवा संघ इन्चार्ज महेश बस्नेतले एमाले छाडेर माधवको पार्टीमा गएमा राजनीतिक भविष्य सिद्धिने बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ४ : ५० बजे

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय