गत महिना कोभिड हुने मध्ये ८० प्रतिशतलाई डेल्टा भेरियन्ट भएको पुष्टि « Khabarhub

गत महिना कोभिड हुने मध्ये ८० प्रतिशतलाई डेल्टा भेरियन्ट भएको पुष्टि


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गत महिना कोभिड १९ संक्रमण हुने मध्ये ८० प्रतिशतलाई कोरोना भाइरसको डेल्टा भेरियन्ट भएको पुष्टि भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले गत जुलाई महिनामा नेपालमा पुष्टि भएका कूल संक्रमितमध्ये ८० प्रतिशतमा डेल्टा भेरियन्ट भेटिएको पुष्टि गरेको छ ।

सीसीएमसीले शनिबार जारी गरेको सूचनामा कोभिड १९ को डेल्टा भेरियन्टको लक्षणहरु अन्य भेरियन्ट जस्तै हुने उल्लेख गरिएको छ । तर डेल्टा भेरियन्टले युवाहरुलाई छिटो सिकिस्त पारेको सीसीएमसीले जनाएको छ ।

डेल्टा भेरियन्ट पुष्ट भएका मध्ये ९७ प्रतिशतले कोभिड १९ विरुद्धको खोप नलगाएकोसमेत सीसीएमसीको सूचनामा जनाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले डेल्टालाई संक्रामक भाइरसको सूचीमा राखेको छ । डेल्टा भेरियन्ट अन्य भेरियन्टभन्दा छिटो फैलिनेसमेत विभिन्न अध्ययनहरुले देखाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ५ : ५५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब