कुखुरा फार्ममा आगलागी « Khabarhub

कुखुरा फार्ममा आगलागी


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा आज कुखुरा फार्ममा आगलागी हुँदा ६ सय ३० कुखुरा जलेर मरेका छन् ।

तिलाठी कोइलाडी गाउँपालिका–७ कट्टी टोलस्थित सङ्गीता कृषि फार्ममा बिजुलीको तार सर्ट भई सल्किएको आगोले ६ सय ३० कुखुराको चल्ला मरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले कुखुराको फार्मसहित ६ सय ३० कुखुराको चल्ला, २० बोरा दाना, पङ्खाहरु जलेर नष्ट हुँदा करिब रु ६ लाख मूल्य बराबरको क्षति भएको बताए ।

वारुणयन्त्र जाने बाटो नहुँदा आगो निभाउन वारुणयन्त्र पुग्न नसकेको कृषि फार्मका सञ्चालक चन्द्रभूषणकुमार सिंहले जानकारी दिए । प्रहरीको सहयोगमा स्थानीयवासीले आगो नियन्त्रणमा लिएका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ५ : ४० बजे

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्

बीपीएलमा सन्दीपको सुखद् सुरुवात, लिए दुई विकेट

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)को उद्घाटन खेलमा नेपाली लेग

निर्वाचन ६८ दिन बाँकीः को हुन् निर्वाचनका अस्थायी मतदाता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको

आजको मौसम पूर्वानुमान : दिनभर तराईमा हुस्सु

काठमाडौं – देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ ।