माधवजी र मैले खाएको लड्डुको स्वाद जान नपाउँदै घनले हानियो : प्रचण्ड « Khabarhub

माधवजी र मैले खाएको लड्डुको स्वाद जान नपाउँदै घनले हानियो : प्रचण्ड


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रगितमनको खतरा अझै पनि रहेको बताएका छन् । उनले आफूहरुले जित्नै लागेका बेला प्रतिगमनले घन हान्ने गरेको बताएका छन् । शनिवार वाइसिएल नेपालको राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र आफूले प्रतिगमन पराजित भयो भनेर लड्डु खाएको तर त्यो लड्डुको स्वाद जान नपाउँदै घनले ड्याम्म हानिएको बताए ।

पुस ५ मा तत्कालीन ओली सरकारले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड र माधवकुमार नेपालले त्यसलाई प्रतिगमन भन्दै सडक आन्दोलन गरेका थिए । सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधिसभा विघटनलाई बदर गर्ने फैसला गरेपछि सो दिन चितवनमा रहेका प्रचण्ड र नेपालले लड्डु खाएका थिए । तर, फागुन २३ मा सर्वोच्च अदालतले तत्कालिन नेकपालाई खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि दुबैजनालाई घनले हाने जस्तै भएको थियो । प्रचण्डले शनिबार सोही सन्दर्भ स्मरण गरेका हुन् ।

शनिबार सम्बोधनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पनि प्रचण्डले आक्रोश पोखे । उनले ओली प्रवृति भने ठग प्रवृत्ति भएको बताए । उनले ओलीको चाला ठग्ने रहेको आफूहरुले थाहा नै नपाउँदा तमसुक हेरेर बस्नुपरेको बताए । उनले भने, ‘हामी त जे गर्ने भन्यो त्यो गर्ने हौं, उहाँ त जे गर्छु भन्ने त्यो नगर्ने ठग प्रवृतिको हुनुहुँदो रहेछ । तमसुकमा सही गरियो, त्यहि हेरेर बसियो ।’ आफू तमसुक हेरेर बसेको तर ओलीले प्रधानमन्त्री पद् पड्काएको बताए ।

माओवादी केन्द्र र एमालेबीच एकीकरण हुँदा आलोपालो प्रधानमन्त्री बन्ने कागज गरिए पनि ओलीले त्यसलाई कार्यान्वयन नगरेको विषयलाई प्रचण्डले शनिबार तमसुक हेरेर बसेको बताएका हुन् । ओलीसँगको संगले आफूलाई ज्ञान प्राप्त भएकोसमेत प्रचण्डले बताएका छन् । उनले ओली ठग हुन् भन्ने प्राप्त भएको बताएका हुन् । अहिलेको गठबन्धनका नेताहरुले आफूलाई ओलीसँग मिलेर के पाउनु भयो भनेर प्रश्न गरेको भन्दै आफूले ज्ञान पाएँ भनेर जवाफ दिने गरेको बताए ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ५ : २४ बजे

बालिका बलात्कार र हत्या आरोपित किशोरको बयानको भिडियो भाइरल : प्रहरीले थाल्यो छानबिन

काठमाडौँ – बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको जघन्य

इतिहासलाई पर्यटनसँग जोड्दै मकवानपुरगढी दरबार

बागमती– मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–२ मा अवस्थित मकवानपुरगढी दरबार तत्कालीन

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति, ‘रजिष्ट्रार’

पर्यटन प्रवर्द्धन गर्न सातबुँदे घोषणापत्र जारी

बाँके– पर्यटन व्यवसायीले नेपालगन्ज–पोखरा, नेपालगन्ज–जनकपुरलगायत सम्भावित नयाँ हवाई गन्तव्यलाई जोडेर

तनहुँको छिर्कनेमा पहिरो, यातायात सेवा प्रभावित

तनहुँ– तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेस्थित पृथ्वीराजमार्गमा पहिरो खस्दा यातायात सेवा