भारतको केरलामा मात्रै एक दिनमा झण्डै ३३ हजार नयाँ संक्रमित « Khabarhub

भारतको केरलामा मात्रै एक दिनमा झण्डै ३३ हजार नयाँ संक्रमित


१२ भाद्र २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको केरलामा मात्रै एक दिनमा झण्डै ३३ हजार जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् ।

सरकारी अधिकारीले शनिबार बिहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा केराला राज्यमा ३२ हजार ८०१ जना नयाँ सङ्क्रमित थपिएका हुन् । पछिल्ला केही दिनदेखि भारतको केरला राज्यमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा एकाएक वृद्धि भएको छ ।

औसतमा देशभरी दैनिक ३०÷४० हजारसम्म सङ्क्रमित हुने गरेको भारतमा अहिले केरलामा मात्रै त्यति सङ्क्रमित देखिन थालेका हुन् । केरलामा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरी नै चासो र चिन्ता थपिएको स्वास्थ्य अधिकारीले बताएका छन्।

देशभरी दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै गइरहेका बेला केरलामा फेरि अत्यधिक बढेपछि सबैको ध्यान केरलातर्फ मोडिएको छ ।

केरलाको मात्रै कूल सङ्क्रमितको सङ्ख्याभन्दा मुलुकको बाँकी सबै ठाउँमा सङ्क्रमितको सङ्ख्या थोरै रहेको छ । भारतमा पछिल्लो २४ घण्टामा देशभरी सङ्क्रमितको सङ्ख्या ४६ हजार ७५९ रहेको छ । सोही अवधिमा कोरोनाका कारण मात्रै देशभरी मृत्यु भएकाको सङ्ख्या ५०९ रहेको अधिकारीले जानकारी दिएका छन् । तीमध्ये १७९ जना केरलाका मात्रै रहेका छन् ।

भारतमा अहिले कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २६ लाख ४९ हजार ९४७ पुगेको छ भने तीमध्ये तीन लाख ५९ हजार ७७५ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा भारतमा ३१ हजार ३७४ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कुल सङ्क्रमणमुक्त भएकाको सङ्ख्या तीन करोड १८ लाख ५२ हजार ८०२ पुगेको छ ।

भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कूल चार लाख ३७ हजार ३७० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । एएनआई

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  १० : ३० बजे

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका

बाढी र पहिरोले मुख्य राजमार्ग अवरुद्ध: कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षा, बाढी र पहिरोका कारण काठमाडौँ उपत्यकासहित