२४ घण्टामा ३ लाख ४१ हजार संक्रमित, ४ लाखभन्दा बढी निको « Khabarhub

२४ घण्टामा ३ लाख ४१ हजार संक्रमित, ४ लाखभन्दा बढी निको


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वमा कोरोना संक्रमितको संख्या २३ करोड ३० लाख नाघेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ४१ हजार ४६५ जना संक्रमित भएका छन् । पछिल्लो विवरणसँगै मंगलबार बिहान ६:३० सम्म विश्वभर संक्रमितको संख्या २३ करोड ३० लाख ११ हजार ७०७ पुगेको छ ।

होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ८५ लाख ४८ हजार ८५ छ । यसमध्ये ९२ हजार २९४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै विश्वभर अहिलेसम्म २० करोड ९६ लाख ९५ हजारभन्दा बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ४ लाख ३८ हजार ११२ जना संक्रमणमुक्त भएका छन् ।  पछिल्लो २४ घण्टामा संक्रमित हुनेभन्दा संक्रमण मुक्त हुनेको संख्या झण्डै एक लाखले बढी हो ।

४७ लाख ६७ हजार संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा ५ हजार ३२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४७ लाख ६७ हजार ८९१ पुगेको छ ।

बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ६४ हजार १८६ जनामा संक्रमण भएको छ । यस्तै थप ५५१ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ७ लाख ७ हजार ९६८ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी ब्राजिलमा ५ लाख ९४ हजार ७०२ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत ३० हजार संक्रमित देखिन थालेका छन् । भारतमा बुधबार बिहानसम्म ४ लाख ४७ हजार ४०६ संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ६ : ४५ बजे

पूर्वीनाकाबाट कफीको आयात बढ्यो

झापा – पूर्वीनाका काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम

एनपीएल : बसिर अहमद बने अर्धशतक बनाउने १३औँ खेलाडी

काठमाडौं – विराटनगर किङ्ग्सका बसिर अहमद राजधानीमा जारी नेपाल प्रिमियर

प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आज जेन-जी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग छलफल

बसिरको आक्रामक ब्याटिङले हारबाट जोगियो विराटनगर, कर्णाली तेस्रो पटक निराश

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको