प्रतिव्यक्ति प्रतिवर्ष ७५ लिटर मात्र दूध सेवन « Khabarhub

प्रतिव्यक्ति प्रतिवर्ष ७५ लिटर मात्र दूध सेवन


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज- नेपालमा प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर दूध सेवन गर्नुपर्नेमा नेपालमा हाल ७५ लिटर मात्र सेवन हुने गरेको तथ्याङ्कले देखाएको छ ।

अब आगामी दिनमा कम्तीमा बालबालिकाका लागि मात्र भए पनि प्रतिवर्ष ९२ लिटर पुर्‍याउनुपर्ने अनिवार्यता देखिएकाले सरोकारवाला यसमा लाग्नुपर्ने नेपाल डेरी एशोसिएशनले निष्कर्ष निकालेको हो ।

विश्वमा कुनै पनि बालबालिकाले दूध तथा दुग्ध पदार्थ सेवनबाट बञ्चित हुन नपरोस् भनेर स्कुल दूध दिवस सेप्टेम्बर महिनाको अन्तिम बुधबारका दिन विगत २१ वर्षदेखि विश्वभर सन् २००० देखि भव्यताका साथ मनाउने गरिन्छ ।

नेपालमा विसं २०७३ देखि नेपाल डेरी एशोसिएशनले पहिलोपटक सुरु गरेको थियो । विसं २०७८ मा छैटौँ विश्व स्कुल दूध दिवसका अवसरमा यस वर्ष एशोसिएशनका सबै प्रदेश, जिल्ला, पालिकालगायत ठाउँमा विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको एशोसिएशनका केन्द्रीय महासचिव प्रल्हाद दाहालले जानकारी दिए ।

यता बागमती प्रदेशमा भने राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवको प्रमुख आतिथ्यतामा काठमाडौँका विभिन्न विद्यालयमा बालबालिकालाई दूध सेवन गराई सरोकारवाला निकायको सहयोग र सहभागितामा मनाइने कार्यक्रम तय गरिएको एशोसिएशनले जनाएको छ ।

दूधलाई पूर्ण भोजनका रूपमा लिइन्छ । मानिसको जन्मने बेलाको प्रथम आहार दूध नै हो । जन्मेको छ महिनासम्म बच्चालाई दूध मात्र दिइन्छ र दूध मानिसको जीवनको महत्वपूर्ण कुरा हो । जन्मेको दिनदेखि मर्ने बेलासम्म र मरिसकेपछि पनि हाम्रो संस्कारका लागिसमेत दूधको आवश्यकता पर्दछ ।

विश्व इतिहास हेर्दा पनि जो जति विश्व प्रख्यात भए ती अधिकांश व्यक्ति शाकाहारी विशेषगरी दूध सेवनलाई महत्व दिने कुराको पुष्टि भइसकेको छ । गौतमबुद्धदेखि महात्मा गान्धि र वर्तमान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसम्म सबैले दूधलाई प्राथमिकताका साथ लिइने गरेको पाइन्छ ।

यस अर्थमा पनि के पुष्टि हुन्छ भने दूध सेवन गर्दा मानिसको दिमागमा सकारात्मक सोचको विकास हुने र दिमाग तेजिलो हुने कुरा वैज्ञानिकले पुष्टि गरिसकेका छन् । जापान, कोरिया र चीनजस्ता विकसित देशमा बालबालिकालाई दूध सेवन अनिवार्य गरिएको छ ।

बालबालिकालाई दूधको महत्वबारे बताउँदै अनिवार्य दूध सेवन गर्न प्रेरित गर्नुपर्छ । दूधबारे अभिभावकले र शिक्षक शिक्षिकाले पनि राम्रोसँग बुझेर सबै बालबालिकालाई दूध तथा दुग्ध पदार्थ सेवन गराउनुपर्ने छ ।

विद्यार्थीलाई दैनिकरूपमा दूध र दुग्ध पदार्थ सेवन गर्दा हुने फाइदाको बारेमा पनि शिक्षक शिक्षिकाको भूमिका महत्वपूर्ण हुनेछ । साथै विद्यालयले पनि दूध सेवनमा प्राथमिकता दिन अभिभावकलाई दूधको जानकारीसहित आग्रह गर्नुपर्छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ९ : ४० बजे

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको

मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु

दमौली– मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने

बालेनसँगको भेटबारे ज्ञानेन्द्र भन्छन, ‘मिलेर जानुपर्ने कुरा भएको छ’

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भेट्नेमध्य एकजना हुन् राष्ट्रिय

दशरथ रंगशालामा त्रिवि दीक्षान्तको रौनक (तस्बिरहरू)

काठमाडौं– त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आज (बिहीबार) दशरथ

शीतल निवास वार्ताबारे ओली : संसद् विघटनको प्रतिगमन सच्याएर मात्रै चुनावमा जानुपर्छ भन्यौँ

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार राष्ट्रपति रामचन्द्र