मलेसियामा एक नेपालीको मृत्यु « Khabarhub

मलेसियामा एक नेपालीको मृत्यु



दोहा- बैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेपलान्चोक महादेवटार -८ का टेक बहादुर तामाङ रहेका छन्।

मलेसियाको सिन याङ प्लाइवुड एसडिएन बिएचडी नामक कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका तामाङ अचानक ड्युटीमा नै ढलेपछि नजिकैको अस्पताल लैजादै गर्दा  मृत्यु भएको बताइएको छ ।

९ वर्षअघि मलेसियामा काम गर्दै आएका उनी विगत केही महिनादेखि प्रेसरको रोगी रहेको र डाक्टरको सल्लाह अनुसार नियमित औषधी सेवन गरिरहेको थिए ।

उनको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरि स्वदेश फर्काउने तयारी थालिएको त्यहाँस्थित नेपाली दूतावास स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ११ : ५० बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक