करणको ‘लाइगर’मा माइक टाइसन « Khabarhub

करणको ‘लाइगर’मा माइक टाइसन


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– तेलुगु सुपरस्टार विजय देवरकोण्डा बलिउड निर्माता तथा निर्देशक करण जोहारको आगामी फिल्म ‘लाइगर’मार्फत बलिउडमा डेब्यू गर्दैछन् । यो फिल्ममा विजयसँग अनन्या पाण्डे देखिँदैछिन् ।

करण जोहार प्रोडक्सनले निर्माण गर्न लागेको फिल्ममा विश्वविख्यात बक्सर माइक टाइसनले एक विशेष भूमिकामा अभिनय गर्दैछन् । निर्माता करणले ट्वीटरमा यो कुराको जानकारी दिएका हुन् ।

करण जोहारले ट्वीटरमा माइक टाइसको एक इन्ट्रोडक्ट्री भिडियो शेयर गर्दै यो कुराको जानकारी दिएका हुन् । टिजरमा माइकको क्यारेक्टरको छनक पनि देखाइएको छ । ‘हामी भारतीय फिल्मको इतिहासमा पहिलोपटक रिंगका वास्तविक किङ भारतीय फिल्मको पर्दामा देखिँदैछन् । लाइगरको टिममा हामी माइक टाइसनलाई स्वागत गर्दछौं’, उनले ट्वीटेका छन् ।

माइक सन् २००९ मा हलिउड फिल्म ‘ह्यांगओभर’ र सन् २०११ मा यो फिल्मको सिक्वेलमा देखिएका थिए । उनी सन् २०१५ को फिल्म ‘आइपी मेन ३’मा पनि देखिएका छन् । यो एक चर्चित मार्सल आर्टस फिल्म सिरिज थियो ।

फिल्म ‘लाइगर’ हिन्दी, तेलुगू, तमिल, कन्नड र मलयालम भाषामा रिलिज हुँदैछ । विजयले हिन्दी भर्सनका लागि हिन्दीमा आफैंले संवाद बोलेका छन् । उनले कोही पनि डबिङ कलाकारको सहयोग लिएनन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १२ : ०६ बजे

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन