चुट्किला सुनाउन खप्पिस लता मंगेशकर « Khabarhub

चुट्किला सुनाउन खप्पिस लता मंगेशकर


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– भारतकी सुर कोकिला, हिन्दी फिल्मकी लेजेण्ड गायिका भारत रत्न लता मंगेशकर आज आफ्नो ९२ औं जन्मदिन मनाउदैछिन् । गायकीको दुनियाँमा लताले जुन स्थान बनाएकी छन्, त्यो स्थानमा पुग्न जोकोहीलाई निकै गाह्रो नै पर्छ ।

लताले आफ्नो करियरमा करिब ५० हजार भन्दा बढी गीतमा स्वर दिएकी छन् । उनी गिनिज बुक अफ वल्र्ड रेकर्डमा सूचीकृत छिन् । लता हेर्दा निकै गम्भीर देखिन्छिन् । तर वास्तविकतामा उनी धेरै फरक छिन् ।

लता वास्तविक जीवनमा निकै हसीमजाक गर्छिन् । अर्थात् उनी आफ्नो नजिकका मानिसलाई चुट्किला सुनाउन खप्पिस छिन् । यो कुराको खुलासा गायक उदितनारायण झाले गरेका हुन् ।

उदित केही समयअघि कपिल शर्माको शोमा उपस्थित भएका थिए । जहाँ उनले लतासँग जोडिएको रोचक किस्सा सुनाए ।

उदितले फिल्म ‘दिलवाले दुल्हनियाँ ले जाएंगे’मा लतासँग डुएट गीत गाएका छन् । ‘म डीडीएलजेको गीत ‘ना जाने मेरे दिल को’ गाइरहेको थिएँ । त्यही बेला स्टुडियोमा लताजी आइपुग्नुभयो । स्टुडियोको ढोका सिसाको थियो । जसै मेरो आँखा लताजीमाथि पुग्यो मेरो होस नै उड्यो । मैले ‘तपाईं यहाँ बस्नुभयो भने म गीत गाउन सक्दिनँ’ भनें । लताजीले ‘म तपाईंको गीत नै सुन्न आएकी हुँ । यही बस्छु र तपाईंको गीत सुन्छु’ भन्नुभयो’, उदितले भनेका छन् ।

त्यसपछि उदितले लतालाई ‘यो सम्भव छैन’ भनेर जवाफ दिए । गीत रेकर्डपछि यश चोपडा त्यहाँ पुगे र सबैजना खाना खान निस्किए ।

‘खाना खाइरहँदा लताजीले यति धेरै चुट्किला सुनाउनुभयो कि हाँसेर नै हामी थकित भयौं,’ उदितले भनेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १ : ४० बजे

काभा च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

काठमाडौँ– पाकिस्तानको इस्लामावादमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) च्यम्पियनसिपमा

भानुभक्तको सालिक तोडफोड गरेको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौँ– लमजुङमा भानुभक्त आचार्यको सालिक तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले

विश्वकप लिग-२ : तेस्रो खेलमा सोमबार नामिबियासँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

काँकडभिट्टा–लौकही सडक धमाधम विस्तार गरिँदै

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो

बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– वर्षापछिको बाढीपहिरो र कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग