बाढी पीडितलाई राहत माग गर्दै मुख्यमन्त्रीलाई कांग्रेसको ज्ञापन पत्र « Khabarhub

बाढी पीडितलाई राहत माग गर्दै मुख्यमन्त्रीलाई कांग्रेसको ज्ञापन पत्र


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– नेपाली कांग्रेस बुटवल नगरले बाढी र पहिरोका पीडितहरुलाई तत्काल राहत दिन माग गर्दै लुम्बिनी प्रदेश मुख्यमन्त्री कुलप्रसाद केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

मंगलबार कांग्रेसका नवनिर्वाचित बुटवल उपमहानगरपालिकाका सभापति खेलराज पाण्डे सहितको टोलीले मुख्यमन्त्री केसीलाई भेटेर बाढी र पहिरो प्रभावितका लागि प्रदेश सरकारले केही राहत तथा पुनःस्थापना प्रदान नगरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

नगर समितिले बुटवलको ज्योतिनगर पहिरो तथा तिनाउ नदी कटान पीडितहरुका लागि उद्दार, राहत तथा पुनःस्थापनाको माग गरेको छ ।

कांग्रेसका नवनिर्वाचित नगरसभापति पाण्डेले घटना भएको एक महिना वितिसक्दा पनि सरकारले प्रभावितहरुका लागि केही राहत तथा पुनःस्थापना नगरेको भन्दै तत्काल राहतका कार्यक्रमहरु ल्याउन आग्रह गरे । उनले बुटवलको राजमार्ग चौराहदेखि गोलपार्कसम्मको ६ लेन सडक विस्तार, कालिका पथ सडक विस्तार तथा बेलबास बेथरी सडक विस्तारलाई समेत तिब्रता दिन आग्रह गरे ।

ध्यानाकर्षण पत्र बुझ्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पहिरो तथा बाढी प्रभावितका लागी राहत दिन सरकार प्रतिवद्ध रहेको बताए । उनले जिल्ला प्रशासन कार्यालयले पहिरो तथा बाढी प्रभावितहरुको तथ्याङ्क संकलन गरिरहेको बताउँदै दशैँ अघि नै राहत दिने गरी प्रदेश सरकारले तयारी थालेको बताए ।

भदौ १३ गते झरेको पहिरोले बुटवल–३ ज्योतिनगरका दर्जनौ घरपरिवार विस्थापित भएका छन् भने भदौ ११ गते आएको वर्षाले बुटवल–११, बुद्धनगरका आधा दर्जन बढी घर–परिवार घरबारविहीन बनेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  २ : ५४ बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ