लैङ्गिक अधिकारको प्रत्याभूति गराउन संसदीय समितिको निर्देशन « Khabarhub

लैङ्गिक अधिकारको प्रत्याभूति गराउन संसदीय समितिको निर्देशन


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठामडौँ– प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले लैङ्गिक हिंसा पीडित तथा प्रभावितको बाँच्न पाउनुपर्ने अधिकारको प्रत्याभूतिका लागि शीघ्र प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले लैङ्गिक हिंसा पीडित, प्रभावितको मापदण्ड र स्पष्ट कार्यविधि बनाई आधारभूत उपचार एवम् समानुपातिक बाँच्न पाउनुपर्ने अधिकारको प्रत्याभूतिका लागि शीघ्र प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको हो ।

बैठकले हिंसा सामाजिक व्यवहारमा मात्रै आधारित नभई आर्थिक, राजनीतिक, व्यक्तिगत लगायतका बहुआयामिक पक्षबाट सृजना हुन सक्ने भएकाले घटनाको कारक तत्वको विस्तृत अध्ययन गर्न निवारणका उपायहरु पहिचान गरी कार्यान्वयनमा ल्याउन पनि सरकारलाई निर्देशन दिएको छ । त्यस्तै बिभिन्न कोषहरुबाट हिंसा पीडित, प्रभावित वा जोखिममा रहेकाहरु लाभान्वित भएका छन् कि छैनन् भनी अनुगमन गर्न पनि सरकारलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले बताइन् ।

बैठकमा समिति सदस्यहरुले हिंसा पीडितका लागि सरकारले तत्काल राहत रकम उपलब्ध गराई संरक्षण र अभिभावकत्व प्रदान गर्न माग गरेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ४ : ५९ बजे

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी

जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली

 काठमाडौं – जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन

देशभरका ७ हजार प्रतिनिधिले कसरी चुन्दै छन् कांग्रेसको नयाँ नेतृत्व ? 

काठमाडौं– नेपाली राजनीतिमा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले यही असोज

बुर्किना फासोमा पहिलो सुन प्रशोधन केन्द्र सञ्चालन, कच्चा सुन निर्यातमा रोक लगाउने राष्ट्रपतिको घोषणा

काठमाडौं– बुर्किना फासोले आफ्नो आर्थिक सार्वभौमसत्ता सुदृढ गर्ने लक्ष्यका साथ

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला