सुपथ मूल्यमा चामल बेच्दै नेपाल खाद्य संस्थान « Khabarhub

सुपथ मूल्यमा चामल बेच्दै नेपाल खाद्य संस्थान


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडल्धुरा- दशैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ ।

संस्थानले अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री गर्न थालेको हो ।

निषेधाज्ञाका बेला पनि सस्तोमा चामल बेचेको संस्थानले दशैँतिहारलाई लक्षित गरी यहि असोज १ गतेदेखि पुनः सस्तोमा चामल बेच्न थालेको छ । मसिनो चामल ३० किलोग्रामको बोरा रु एक हजार ५१५ मा बिक्री गरिरहेको कार्यालय सहयोगी दानबहादुर निदालले बताउनुभयो । सामान्यतया अरू समयमा संस्थानले यस चामललाई रु एक हजार ६२५ मा बिक्री गर्दै आएको थियो ।

यस्तै मोटा चामल ३० किलोग्रामको बोरालाई रु एक हजार २१५ पर्ने उनले बताए । दैनिक चार/पाँच क्विन्टलको अनुपातमा चामल बिक्री हुने गरेको उनले बताउनुभयो । संस्थानको चामल अलग्गै प्याकेजिङ हुने गरेको छ ।

ग्रेडिङ गरेको चामल हुने भएकाले चामलमा कनिका नहुने उनको भनाइ छ । एक पटक उपभोग गरेकाहरुले फेरि पनि संस्थानकै चामल खोज्ने थरेको उनले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  १० : ५९ बजे

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी

जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली

 काठमाडौं – जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन

देशभरका ७ हजार प्रतिनिधिले कसरी चुन्दै छन् कांग्रेसको नयाँ नेतृत्व ? 

काठमाडौं– नेपाली राजनीतिमा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले यही असोज

बुर्किना फासोमा पहिलो सुन प्रशोधन केन्द्र सञ्चालन, कच्चा सुन निर्यातमा रोक लगाउने राष्ट्रपतिको घोषणा

काठमाडौं– बुर्किना फासोले आफ्नो आर्थिक सार्वभौमसत्ता सुदृढ गर्ने लक्ष्यका साथ

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला