चितवन राष्ट्रिय निकुञ्जद्वारा खाग तस्करी मुद्दाका ९ आरोपी सार्वजनिक « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जद्वारा खाग तस्करी मुद्दाका ९ आरोपी सार्वजनिक


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गैँडा मारेर खाग बिक्री व्यवसाय गरेको आरोपमा मुद्दा लागेका नौ जनालाई चितवन राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छ । निकुञ्जले विभिन्न समय र स्थानमा उनीहरुलाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको आइल्याण्ड क्षेत्रमा विसं २०७७ भदौमा गैँडा मारेको अभियोगमा नवलपरासी बुलिङ्टार गाउँपालिका–१ घर भई गैँडाकोट नगरपालिका–१ बस्ने ३२ वर्षीय चतुरे भन्ने गोपाल सारुलाई गत साउन ३२ गते पक्राउ गरेको हो । सोही अभियोगमा धादिङको रोराङ गाउँपालिका–१ बस्ने ३५ वर्षीय कवि भन्ने रामकुमार श्रेष्ठलाई भदौ ६ गते पक्राउ गरिएको थियो ।

निकुञ्जको बहपुर खोला क्षेत्रमा २०७६ कात्तिकमा गैँडा मारेको अभियोगमा मकवानपुरको मनहरी गाउँपालिका–४ बस्ने ३० वर्षीय विजय कान्छ भनिने जयबहादुर प्रजालाई निकुञ्जले भदौ ४ गते पक्राउ गरेको हो । सोही अभियोगमा मकवानपुर मनहरी गाउँपालिका–४ मसिने खोला बस्ने ३६ वर्षीय दिलीप एवं दिलबहादुर प्रजा भन्ने सिंहराम प्रजालाई भदौ ६ गते पक्राउ गरेको छ ।

विसं २०७७ असोजमा निकुञ्जको घाँघर क्षेत्रमा पर्ने बाटुले चौरको खोल्सीमा गैँडा मारेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ । सो घटनामा सात जना फरार रहेका छन् । अधिकारीका अनुसार मकवानपुरका सरिखेत गाउँपालिका–९ बस्ने करण मुक्तान भन्ने करण प्रजा, मकवानपुरको मनहरी गाउँपालिका–४ बस्ने मसिने टोङ्ग्रा खोला बस्ने सुरेश प्रजा र मकवानपुर मनहरी गाउँपालिका–४ का २७ वर्षीय बाबु भनिने सरोज मुक्तानलाई भदौ ४ गते पक्राउ गरिएको । निजको स्वास्थ्य अवस्था गम्भीर भएकाले अदालतमा हाजिर हुने गरी छाडिएको छ ।

निकुञ्जको घाँघरपोष्टदेखि १.५ किमीमा पर्ने ढड्डाघारीमा विसं २०७७ जेठमा गैँडा मारेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । उक्त घटनामा पाँच जना फरार रहेका छन् । पक्राउ पर्नेमा चितवनको माडी नगरपालिका–७ देवेन्द्रपुर बस्ने यादव भन्ने राजन गुरुङ रहेका छन् ।

यस्तै मकवानपुरका सरिखेत गाउँपालिका–९ बस्ने वृन्दासिंह प्रजालाई पनि निकुञ्जले पक्राउ गरेको छ । यसअघि नै दुई वटा गैँडा मारेको मुद्दामा फरार रहेका निजलाई पक्राउ गरी कारागार चलान गरिएकोमा पुनः अर्को दुई मुद्दामा जोडिएपछि अनुसन्धानका लागि निकुञ्ज लगिएको हो । उनीहरुलाई आज निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार चार वटा गैँडा मार्न संलग्न १७ जनामध्ये हालसम्म आठ जनालाई पक्राउ गरिएको छ भने नौ जना फरार रहेका छन् । चालु आर्थिक वर्षमा गैँडा मुद्दाका १४ जना पक्राउ परेको उनले जानकारी दिए । उनकाअनुसार गैँडा तस्करमा संलग्न हुने प्रायजसो एउटै परिवारका रहने गरेका छन् । एउटै परिवारका सदस्य मिलेर काम गर्दा सूचना बाहिर नजाने र सुरक्षित भइने भएकाले एकै परिवारका सदस्यहरु बढी संलग्न हुने गरेको उनले जानकारी दिए ।

उनले भने, “यहाँ पक्राउ पर्नेमा तीन जना दाजुभाइ, बाबु–छोरा, साला–भेना, मामाको छोरा–फुपूको छोरा छन् ।” नयाँ प्रविधिको प्रयोग गरेर कसरी तस्करलाई समाउन सकिन्छ भन्ने कुरामा सोच्न जरुरी रहेको उन भनाइ थियो ।

गैँडा तस्करमा संलग्न भई कारागार जीवन बिताएर फर्किएका नै पुनः यो काममा लागेको पाइन्छ । अघिल्लो आर्थिक वर्षमा २८ जना गैँडा मारी खाग तस्करी गरेको अभियोगमा पक्राउ परेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ८ : ४५ बजे

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी

जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली

 काठमाडौं – जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन

देशभरका ७ हजार प्रतिनिधिले कसरी चुन्दै छन् कांग्रेसको नयाँ नेतृत्व ? 

काठमाडौं– नेपाली राजनीतिमा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले यही असोज

बुर्किना फासोमा पहिलो सुन प्रशोधन केन्द्र सञ्चालन, कच्चा सुन निर्यातमा रोक लगाउने राष्ट्रपतिको घोषणा

काठमाडौं– बुर्किना फासोले आफ्नो आर्थिक सार्वभौमसत्ता सुदृढ गर्ने लक्ष्यका साथ

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला