टाटा मोटर्सको नयाँ गाडी ‘एनआरजी’ नेपाली बजारमा  « Khabarhub

टाटा मोटर्सको नयाँ गाडी ‘एनआरजी’ नेपाली बजारमा 


१२ आश्विन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्गले ‘नयाँ फरएभर रेञ्ज’ अन्तर्गतको नयाँ गाडी एनआरजी सार्वजनिक गरेको छ ।

ह्याचब्याकमा एसयूभीको जस्तै ड्राइभिङ अनुभव गर्न चाहने युवा ग्राहक लक्षित गरी एनआरजी सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

‘अर्बन टफरोडर’ को रुपमा आएको उक्त गाडिको बाहिरी बनावट बलियो र ग्राउन्ड क्लेरेन्स उच्च रहेको कम्पनीले जनाएको छ ।

सेफ्टीको लागि ग्लोबल एनक्यापमा फोर स्टार सेफ्टी रेटिङ प्राप्त यो नयाँ गाडी विभिन्न ४ वटा फरेस्ट ग्रीन, फायर रेड, स्नो ह्वाइट र क्लाउडी ग्रे रंगहरुमा उपलब्ध रहेको छ । यो गाडी टेस्ट ड्राइभको लागि सिप्रदीका नेपालभर रहेको शोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

टाटा मोटर्सका प्यासेन्जर भेइकल इन्टरनेसनल विजनेश हेड मायंक बाल्डीले भने  “हामी नेपालमा नयाँ एनआरजी सार्वजनिक गर्न पाउँदा अत्यन्त खुसी छौँ । यो टाटाको लोकप्रिय ह्याच ब्याकको टफ भर्जन हो, जसले तपाईलाई हरेक दिन हरेक पल आफ्नै एक विशेष छाप छोड्न सहयोग गर्नेछ । ह्याच ब्याक मोडेलमा पनि एसयुभी जस्तै विशेषताहरु प्राप्त गर्न चाहनेहरुको लागि यो अत्यन्त उपयोगी छ । स्पोर्टी र आरामदायी यात्राको प्रत्याभूति गर्ने यस नयाँ गाडीले नेपालका ग्राहकहरुको मन जित्ने कुरामा हामी पूर्ण विश्वस्त छौं ।”

त्यसैगरी, सिप्रदी ट्रेडिंग प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले भने, “टाटा एनआरजी नेपाली बजारको लागि एक विल्कुलै नयाँ र विशेष गाडी हो जसले हाम्रो टाटा मोटसर्् संगको साझेदारीमा एक अर्को नयाँ कोशेढुंगाको प्रतिनिधित्व गर्दछ । हामी नेपाली ग्राहकहरु समक्ष उत्कृष्ट भन्दा उत्कृष्ट उत्पादनहरु ल्याउनका लागि सदैव प्रतिबद्ध छौँ ।”

पुस स्टार्ट बटन, रिएर पार्किङ्ग क्यामरा र अटो फोल्ड ओआरभीएम जस्ता विशेषताहरुले यसको आकर्षणमा नयाँ आयाम थपिएको कम्पनीले जनाएको छ । बलियो बाहिरी वनावट र स्पोर्टी भित्री वनावट भएको एनआरजीमा अप्ठ्यारा कच्ची सडकहरुमा सुरक्षा र सहजताका साथ यात्रा गर्न सकिने जनाइएको छ ।

१२०० सीसीको इन्जिन क्षमता सहित म्यानुअल र एटिएम ट्रान्समिसन भएको यो गाडीले सर्वोत्कृष्ट शक्ति र कार्यक्षमताको प्रत्याभुति गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७८, मंगलबार  ९ : १२ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको